विद्युत महसुल हेरफेर गर्ने तयारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १९ मंसिर । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल हेरफेर गर्ने तयारी गरेको छ । उत्पादन वढेसंगै उपभोक्तामा खपत वढाउन प्राधिकरणले महसुल दर घटाउने तयारी गरेको हो । उत्पादनको तुलनामा माग घट्ने भएकाले पर्याप्त उपभोग वढाउन प्रोत्साहन गर्ने रणनीति तयार गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्युत महसुल घटाउन प्राधिकरणले विद्युत नियमन आयोगमा प्रस्ताव पेश गरिसकेको छ । २० देखि १ सय युनिट खपत गर्ने ग्राहकलाई एउटै समूहमा राखी ७ रुपैयाँभन्दा कम महशुल दर तोक्ने प्राधिकरणको तयारी छ । अहिले करिव १३ सय मेगावट हाराहारीमा विद्युत उत्पादन भईरहेको छ ।

आगामी वर्ष हिउँद याममा कम्तिमा २४ सय मेगावट राष्ट्रिय ग्रिडमा जोडिने सरकारी अनुमान छ । आगामी वर्षदेखि विद्युत मागभन्दा आपूर्ति धेरै हुनेभएपछि सरकारले महसुल दर घटाउने लगायत प्रोत्साहन युक्त कार्यक्रम ल्याउन लागेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *