जनप्रतिनिधि नै भगवान् चोरीमा संलग्न भएपछि स्थानीयवासी हैरान

जाजरकोट, मंसीर ४ । डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान् नै चोरी हुने भएपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न बाध्य भएका छन् । धोस्थित झ्याम्पा गुम्बा, सेरिङ गुम्बा, मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका बहुमूल्य बुद्धमूर्ति अन्य सामग्री चोरी निकासी बढेपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न लागिएको बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पूजाआजा गर्ने समयमा मात्र गुम्बामा लिएर आउने र सकिएपछि घरमा लिएर जाने गरिएको स्थानीयवासीले बताए । आधाभन्दा बढी मूल्यवान् सामग्री हराइसकेको उनीहरुको भनाइ छ । गुम्बाभित्र ऐतिहासिक मूर्ति, लिपि, बहुमूल्य धातु, पेन्टिङ, बुद्धको अस्तुलगायत सामग्री राखिएकाले संरक्षणमा समस्या भएको छ ।

अघिल्लो वर्षमा मात्र शे–फोक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट ४२ वटा बुद्ध मूर्ति चोरी गरेको भन्दै जनप्रतिनिधि नै पक्राउमा परेका थिए । अहिले उपल्लो डोल्पाका ६ वटा प्रहरीचौकी चिसोका कारण सदरमुकाम दुनैमा विस्थापित भएपछि झन् सुरक्षा चुनौती थपिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपल्लो डोल्पा बौद्ध गुम्बा धेरै भएको ठाउँको रुपमा गणना हुने गर्छ । बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अनुसार डोल्पामा १ सय ७ वटा गुम्बा दर्ता भएका छन् । सडक सञ्जालले नछोएको र अत्यधिक विकट भएकै कारण यहाँ चोरी, निकासी गर्नेलाई थप बल पुगेको छ ।

गर्मीयाममा मात्र यहाँका स्थानीयवासी उपल्लो डोल्पामा बस्छन् भने चिसो मौसममा बेँसी झर्ने भएकाले मानिसको कम चहलपहल भएको मौका छोपी चोरी निकासी बढेको छ । डोल्पोबुद्ध, छार्का ताङसोङ, शे फोक्सुन्डोलगायत स्थानीय तह निकै दुगर्ममा पर्छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारका अनुसार मूर्ति चोरीका आरोपमा अहिले गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षलगायतको टोलीमाथि अदालतमा मुद्दा चलिरहेको छ । उनीहरु पुर्पक्षका लागि थुनामा रहेको रहेको उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *