विवाह उत्सवमा आउने जन्तीको स्वागतका लागि तयारी सुरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

मंसिर १ गते । विवाहपञ्चमीको अवसरमा अयोध्याबाट जनकपुर आउने जन्तीको स्वागतका लागि महोत्तरी जिल्लाको मटिहानीमा एक बैठक बसेर मटिहानी मठका संरक्षक तथा निलम्बित मानमहन्थ (अहिले निलम्बनमा) जगन्नाथ दास शास्त्रीको संयोजकत्वमा मूल समारोह समिति निर्माण गरिएको छ ।
मटिहानी मठमा आयोजना गरिएको एक कार्यक्रमपछि विभिन्न समिति बनाएर जन्तीको स्वागतको तयारी सुरु गरिसकिएको जनाइएको छ । हरेक पाँच–पाँच वर्षमा जनकपुरमा हुने विवाहपञ्चमी समारोहमा भाग लिन अयोध्याबाट जन्ती आउने परम्परा अनुरूप यस वर्ष पनि जन्ती आउने भएपछि स्वागत तथा सत्कारका लागि विभिन्न समिति बनाइएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।
उहाँले मटिहानी मठका संरक्षक जगन्नाथ दास शास्त्रीको संयोजकत्वमा मूल समारोह समिति तथा आवास, सत्कारसहितका समितिहरू बनाइएको बताउनुहुँदै नेपालको मुख्य प्रवेश मार्ग मटिहानी रहेकाले यसलाई भव्य बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले जन्तीको स्वागतका लागि विभिन्न तयारी सुरु गरिसकिएको बताउनुहुँदै जन्तीलाई स्वागत गर्न हामी आतुर रहेको बताउनुभयो । नेपालमा भ्रमण वर्ष २०२० लाई भव्य बनाउन पनि अतिथि सत्कारलाई भव्यता प्रदान गर्न लागिएको बताउनुहुँदै उहाँले मङ्सिर ११ गते जन्ती नेपाल प्रवेश गरेर एकरात यही विश्राम गर्ने कार्यक्रम रहेको बताउनुभयो । यसपालि अयोध्यामा राम मन्दिर बनाउने फैसलासमेत भएकाले यस वर्ष अयोध्या र जनकपुरको रौनकता देखिनलायक हुने र जन्ती पनि हौसिएकाले सोही अनुसार, स्वागत तयारी थालिएको नगरप्रमुख मण्डलको कथन थियो ।
हरेक वर्ष धूमधामका साथ मनाइने रामजानकी विवाह उत्सवमा अयोध्याबाट जन्ती मङ्सिर ५ गते नै रवाना हुने र विभिन्न ठाउँमा विश्राम गर्दै १२ गते जनकपुर पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *