दुना टपरी गाँसेर आम्दानी गर्दै प्यूठानका महिला

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्युठान, १ मंसिर | चाहना भए स्वरोजगार बन्ने थुप्रै माध्यम छन् । जंगलमा पाईने साल, मालुका र चिउरीको पात टिपेर दुना, टपरी बनाउने र बेच्ने प्युठानका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् । महिलाहरुले समूह बनाएर दुना टपरी बनाउने उद्योग चलाएपछि उनिहरुको आर्थिक अवस्था समेत फेरिएको छ । प्युठान देवीस्थानमा पहिलो पटक दुना टपरि उद्योग सञ्चालनमा ल्याईएको छ । आयआर्जन गरेर आत्मनिर्भर बन्ने उदेश्यले प्युठान दाखाक्वाडीका महिलाले दुना टपरी सञ्चालन गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

देवीस्थान दुनाटपरी लद्यु उद्यमी समुहका सञ्चालक लिलाचन्द धामीले जंगलमा खेर जाने साल, मालुका र चिउरीका पातलाई संकलन गरेर उनीहरुले दुना टपरी उत्पादन गर्ने गरेको बताउनुहुन्छ । उद्योगबाट दैनिक सात सय दुना टपरी उत्पादन भईरहेको उहाँले जानकारी दिनुभयो । जंगलमा आगो लागेर पातको समस्या भएपछि उद्योग करिव एक वर्ष बन्द भएको थियो । जंगलमा नयाँ पात पलाएपछि उद्योग पुनः सुचारु भएको छ । उद्योग सञ्चालनका लागि वडा कार्यालयबाट एक लाख ३० हजार सहयोग पाएको महिलाहरु बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानीय तहले फुर्सदको समयमा आयआर्जनको बाटो देखाएको भन्दै उनिहरु खुशी छन् । दुना टपरीबाट मासिक १५ देखि २० हजारसम्म आम्दानी हुने गरेको समूहमा आबद्ध देवी धामीको भनाइ छ । पछिल्लो समय जिल्लामा उत्पादन भएका दुना टपरीको प्रयोग र माग बढ्दो छ । स्थानीय बजार जुम्रि, बिजुवार, बाग्दुला, खलंगा र तराईका क्षेत्रमा समेत प्युठानमा उत्पादित दुना टपरी पुग्छ ।

उद्योगमा १० जना महिला आबद्ध छन् । दुना टपरी उद्योग सञ्चालन भएपछि घर खर्च र छोराछोरीको पढाइमा सजिलो भएको महिलाहरुको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानीय महिलालाई स्वरोजगार बनाउने, प्युठान नगरपालिकाको योजनाले गाउँमा राम्रो परिवर्तन देखिएको छ । स्थानीय स्तरमा खेर गइरहेका कच्चा पदार्थको सदुपयोग गर्नसके राम्रो आम्दानी लिन सकिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *