उर्जा मन्त्रीले उद्घाटन गरे घोराही ३ झिङ्नीको १३२ केभी स्टेशन

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

रीता लामा
घोराही, २२ कात्तिक ः नेपाल सरकारका उर्जा सिंचाई तथा जलस्रोत मन्त्री बर्षमान पुन‘अनन्त’ले लमही घोराही १३२ के.भी. प्रसारण लाईनको आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।
प्रसारण सवस्टेशनको उद्घाटन गर्दै मन्त्री पुनले देशलाई उज्यालो बनाउनको लागि गरिएको विद्युत उत्पादन, वितरणको काममा सबैले जिम्मेवारी भएर लागि दिन आग्रह गर्नुभयो । ‘नेपाल सरकारले उर्जा उत्पादनलाई प्राथमिकतामा राखेको छ । त्यसकारण यस क्षेत्रमा कार्यरत सबै कर्मचारी, निर्माण व्यवसायीहरुले जिम्मेवार भइदिनु होला ।’ उहाँले भन्नुभयो ‘अव विगत जस्तो ढिला सुस्तीले हुदैले । पाएको जिम्मेवारी छिटो भन्दा छिटो पुरा गर्ने तर्फ सबै लाग्नु होला ।’
दाङको झिङ्ग्नीमा रहेको लमही घोराही १३२ केभी प्रशारण लाइन तथा घोराही १३२।३२ केभी सवस्टेशनको उद्घाटनको क्रममा उर्जामन्त्री पुनले नेपालमा रहेका करीव २३ हजार बढी नदीनालामध्ये प्रयोगमा ल्याउन सकिने १२ हजार बढी नदीनालाको संरक्षणसँगै उपभोगमा सरकारको ध्यान गम्भीर रूपमा पुगेको बताउनुभयो । ती नदीनालाहरूबाट विद्युत उत्पादन, र्या्िफ्टङ वा मनोरञ्जनका क्षेत्रमा प्रयोग गर्न सक्ने गरी गृहकार्य शुरू भइसकेको जानकारी दिनुभो । उहाँले भन्नुभयो ‘देशमा सानाठूला गरी २३ हजार बढी नदी नाला छन्,’ ती नदीनालाको संरक्षण गर्दै उच्चतम प्रयोग गरी देश विकासको यात्रामा सँगै जोडेर लैजाने काम भइरहेको छ ।’
यस्तै, उहाँले देश विकासको मुख्य मेरूदण्डको रूपमा नेपालको विद्युत क्षेत्रले भूमिका खेलिरहेको दावी गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


अझैपनि कतिपय कार्यशैली तथा सोँचका कारण सामाजिक विकासमा कहीँ कतै विकास अवरोधका अवशेष देखिने भएकाले स्थानीय सरकारले संस्था वा कार्यालयका काममा सकारात्मक कदम चाल्न भूमिका बढाउने पर्नु पर्ने मन्त्री पुनको सुझाव छ ।
केन्द्रिय प्रसारण लाईनका निर्देशक व्रज भुषण चौधरीले दिएको जानकारी अनुसार वि.सं. २९६८ माघ २६ गते थालनी गरिएको सो प्रशारण लाइनको काम २०७५ असोज १० गते सम्पन्न भएको हो । करीव सवा ५३ करोडको लागतमा निर्माण गरिएको सो प्रशारण लाइनले दाङका ग्रामीण क्षेत्र सैघा, स्यूजा, घोराहीका विभिन्न स्थानलगायत तुलसीपुर उपमहानगरका अधिकांश स्थानमा सहज विद्युत आपूर्ति गर्दै आएको छ । यस अघि नियमित तथा कम विद्युत प्रशारण हुँदा उपभोक्ताले सास्ती भौग्न बाध्य थिए भने ठूला काम गर्न समस्या रहेको थियो । सो प्रशारण लाइनका कारण ४० हजार बढी उपभोक्ता अहिले प्रत्यक्ष लाभान्वित भएका छन् ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *