दाङका ३०० भन्दा बढी किसान निराश

दाङ, कार्तिक २२ । सरकारले सूचीकृत गरेको गरिमा जातको धान नफल्दा दाङका ३०० भन्दा बढी किसान निराश भएका छन् । जिल्लाको उर्वर भूमि मानिने देउखरी क्षेत्रमा करीब १६० बिगाहामा लगाइएको उक्त जातको धानमा बाला नै नलागेपछि किसानहरू मर्कामा परेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही नगरपालिकाका २, ३, ४, ५, ६ र ९ नं वडाका किसानले यो जातको धानखेती गरेका थिए । ९० दिनमा दाना लागेर १२० दिनभित्र पाक्नुपर्ने गरिमा जातको धान रोपेको १४० दिन पुग्दा समेत नफलेको कृषि ज्ञान केन्द्र दाङले बताएको छ । विगत वर्षमा पनि यो जातको धान लगाउने गरेको तर यस वर्ष मात्र समस्या आएको केन्द्रका सूचना अधिकृत जीवनकुमार ओलीले बताउनुभयो । ‘५ वर्षमा यस्तो समस्या पहिलोपटक आयो,’ उहाँले भन्नेुभयो ।

धान रोपेको ५ महीना पुग्न लाग्दा समेत नपसाएपछि आपूmहरू चिन्तित भएको स्थानीय किसान छविलाल कोपिलाले गुनासो गर्नुभयो । ‘धान लगाएको १४० दिन बित्तिसक्यो, अब त फल्ने आशा नै मारिसक्यौं,’ उहाले भन्नुभयो । किसानले यसको क्षतिपूर्ति पाउनुपर्ने र आगामी वर्षमा यस्तो समस्या आउन नदिन बीउको चेकजाँच हुनुपर्ने उहाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उचित क्षतिपूर्ति दिन माग गर्दै पीडित ३१९ किनानले कृषि ज्ञान केन्द्र दाङमा निवेदन दिएका छन् । जिल्लाका यी क्षेत्रमा सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले भारतको बहराइजस्थित रिनोभा सीड साइन्स इन्डिया प्रालिबाट गरिमा धानको बीउ ल्याएर विक्रीवितरण गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *