सगरमाथा सिमेन्ट उद्योगबाट खसेर फेरी अर्को मजदुरको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही,कात्तिक २१ | दाङको घोराही उपमहानगरपालिका वडा नं ३ स्थित सगरमाथा सिमेन्टको निर्माणाधिन भवनवाट खसेर फेरि अर्का मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उडिसा घर भइ सगरमाथा सिमेन्ट उद्योगमा कार्यरत २७ बर्षीय अभय नायकको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कात्तिक १६ गते मात्रै भारतको उत्तर प्रदेश निवासी ४५ बर्षीय रमेशकुमार पटेलको सोही उद्योगको निर्माणधिन भवनबाट खसेर मृत्यु भएको थियो ।

बुधवार खसेर घाइते भएका नायकको बाँकेको कोहलपुर स्थित मेडिकल कलेजमा उपचारका क्रममा बेलुका साढे ८ बजेतिर मृत्यु भएको थियो । त्यसैगरी उद्योगको निर्माणाधिन भवनको छतवाट लडेका मध्ये भारतको उडिसा घर रहेका अर्का मजदुर ३५ बर्षीय मानप वारीक गम्भीर घाइते भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँको हाल कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र अबस्था गम्भरि रहेको प्रहरीले जानकारी दिएको छ । दुबैजनालाई छतवाट लडे लगतै सिमेन्ट उद्योगवाट तत्कालै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि पु¥याइएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *