अम्बा बेचेर पढाइ खर्च जुटाउँदै

सल्यान, कार्तिक १८ । सल्यानको शिद्धकुमाख गाउँपालिका १ घारीका बालबालिकाले अम्बा (बेलौती)बेचेर पढाइ खर्च जुटाउने गरेका छन्। प्रशस्त मात्रामा पाइने अम्बा बिदाको दिन तथा विद्यालय खुलेको दिनमा पनि बिहान बेलुका बेलौती बेचेर शैक्षिक सामग्री जुटाउने गरेका हुन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घरनजिकै रहेको जलामारे सामुदायिक वन क्षेत्रभित्र रहेका अम्बा टिपेर राप्ती राजमार्गमा पर्ने दाङ सल्यान रुकुम सडक खण्डमा बसेर साँझ बिहान अम्बा बेचेर आम्दानी गर्ने गरेको बलौतीघारीका १२ वर्षका मोहन बोहराले बताए। उनका अनुसार आफूजस्तै धेरै साथीहरूले बेलौती बेचेर घर खर्च चलाउनुका साथै पढाइ खर्चसमेत जुटाउने गरेका छन्।

अहिले अम्बाको सिजन भएकाले सिजनभरिमा करिब एकजनाले १० हजारजति पैसा कमाउने गरेको उनले बताए। गाउँमा बेलौती प्रशस्त पाइने भएकाले बोटबाट टिपेर सडक छेउमा बसेर बेच्ने गरेको र यसबाट राम्रै पैसा जम्मा भएको मोहनले बताए। ११ वर्षकी विमला बुढाथोकीले पनि बिहानै बेलौती बोकेर राप्ती राजमार्गकै सडक छेउमै आउने गरेकी छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राजमार्गमा ओहोरदोहोर गर्ने गाडी तथा बसहरूलाई रोकेर बेलौती बिक्री गर्ने गरेको उनले बताए। घरनजिकै रहेका बेलौतीहरु टिपेर दैनिक सडकमा बेच्न आउने गरेको उनको भनाइ छ । उनले भनिन्ऽ ‘बिहानै आउँछु सडकमा बस्छु बेलौतीबेलौती भन्छु बिहान दुईतीन सय बेलुका दुईरतीन सय कमाउँछु, दिनदिनै कमाइ राम्रै हुन्छ।’ बेलौती सिजनमा बेलौती बेच्छौँ, सिजन सकिएको बेला नजिकैको शारदा खोलामा माछा मारेर भए पनि खर्च जुटाउने गर्छौं।ु

बुबा आमाको कमाई घरखर्चमै सकिने भएपछि बेलौती बेचेर आफ्नो खर्चको जोहो गर्ने उनको भनाइ छ। खुला क्षेत्रमा आफैँ उत्पादन भएको बेलौती अहिले रोल्पा, रुकुम, सल्यान, दाङ, नेपालगञ्ज, बुटवल, काठमाडौंलगायत विभिन्न स्थानमा पुग्ने गरेको होटेलका सञ्‍चालक कालीबहादुर बुढाथोकीले बताए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसले गर्दा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूका लागि सजिलो भएको उनको भनाइ छ। अहिले बेलौती बेचेर बालबालिकाले दिनमा ८ सयदेखि एक हजारसम्म पैसा बनाउने गरेको बताए। बालबालिकाले रहरका लागि भए पनि कतिबेला त विद्यालय छोडेरै बेलौती बेच्न निस्कने गरेका छन्।

आर्थिक समस्याकै कारण बेलौती बेच्ने गरेका बालबालिका भेटिएमा यस्तो समस्याको पहिचानको गरी पहल गरिने शिद्धकुमाख गाउँपालिका(१ का वडा अध्यक्ष रामबहादुर बस्नेतले बताए। अहिले बेलौतीको सिजन भएकाले रहरले मात्र बालबालिकाले बेलौती बेच्ने गरेको बस्नेतको भनाइ छ।
च्भबम mयचभ बतस् जततउकस्ररतजबजबपजबदबच।अयmरलभधकरडद्दढघद्द

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *