अपांगता भएका बालबालिकाका लागि प्रदेश पाँचमा दाङको बाल मन्दिर विद्यालय छनोटमा

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,१७ कार्तिक |अपांगता भएका बालबालिकाका लागि सातै प्रदेशमा विशेष आवासीय विद्यालय बन्ने भएका छन् । दाङको घोराहीमा रहेको बाल मन्दिर आधारभूत विद्यालयसँगै अन्य सातै प्रदेशमा विशेष आवसीय विद्यालय बन्ने भएका हुन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नमुना भवन बनाउन शिक्षा मन्त्रालयले प्रदेश पाँचमा दाङको घोराहीमा रहेको बाल मन्दिर आधारभूत विद्यालयसँगै प्रदेश एकमा झापाको सरस्वती मावि, दुईमा धनुषाको सार्वजनिक मावि, तीनमा काभ्रेको आदर्श बाल विकास, गण्डकी प्रदेशमा गोरखाको मनकामना बहिरा मावि, कार्णली प्रदेसमा सुर्खेतको सिद्ध बहिरा विद्यालय र सुदरपश्चिम पै्रदेशमा कैलालीको राष्ट्रिय माविलाई छानेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले परिभाषा गरेका १० किसिमका अपांगता भएका व्यक्तिलाई लक्षित गरी यस्ता विद्यालय बनाउन लागिएको हो । विद्यालय बनेपछि शारीरिक अपांगताका साथै हेराइ, बोलाइ, सुनाइसम्बन्धी समस्या भएका बालबालिकाले पनि सहज अध्ययनको अवसर पाउने छन् । मानसिक वा मनोसामाजिक, बौद्धिक अपांगता, अनुवंशीय रक्तस्राव ९हेमोफिलिया०, अटिज्मसम्बन्धी र बहुअपांगता भएकाहरूका लागि पनि उपयुक्त हुने गरी विद्यालय बनाइने छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालयले बनाएको गुरुयोजना स्थानीय तहबाट स्वीकृत भएपछि यो कार्यक्रम सुरु हुनेछ । छनोटमा परेका विद्यालयलाई सरकारले अघिल्लो वर्ष एकरएक करोड रुपैयाँ दिएको छ भने यो वर्ष पनि त्यति नै विनियोजन गरेको छ । स्थानीय नगरपालिका र गाउँपालिकाको समन्वयमा अत्याधुनिक भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माण प्रक्रिया अघि बढेको छ । कम्तीमा ७ करोड रुपैयाँ लागतको भवन निर्माण हुनेछ ।

प्रत्येक विद्यालयले दुई सय विद्यार्थीका निम्ति आवास ९छात्रावास०, पढ्ने विद्यालय भवन बनाउनुपर्नेछ । न्यूनतम १० कोठाको दुईतले भवन हुनेछ । त्यसका अतिरिक्त चार ब्लक रहनेछन् । ती ब्लकमा परामर्श कक्ष, डार्क रुम ९अँध्यारो कक्ष०, साउन्ड प्रुफ रुम ९आवाज नसुनिने कक्ष० समेत रहनेछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङको बाल मन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीले प्रदेश–५ कै नमुना विशेष विद्यालय बताउने गुरुयोजना बन्दै गरेको जानकारी दिनुभएको छ । विद्यालय बनाउनका लागि अहिले नक्सा निर्माणका निम्ति इन्जिनियरलाई जिम्मा दिइएको उहाँले बताउनुभयो । नक्सा बनेलगत्तै नगरपालिकासँग स्विकृति लिएर टेन्डर प्रक्रिया अघि बढाइने उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *