दाङ,१७ कार्तिक | दाङमा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्ने एक मजदूरको खसेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ मा रहेको उक्त सिमेन्ट उद्योगमा काम गर्ने भारत उत्तर प्रदेश स्थायी घर भएका ४५ वर्षीय रमेशकुमार पटेलको खसेर मृत्यु भएको प्रहरीले बताएको छ ।
सिमेन्ट कारखानाको निर्माण हुँदै गरेको भवनमा फर्मा राख्ने क्रममा खसेर सख्त घाइते हुनुभएका पटेलको उपचारका क्रममा आज मृत्यु जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिनुभयो ।
शनिबार बेलुका साढे ८ बजे खसेर घाइते हुनुभएका पटेललाई उपचारका लागि कोहपुरस्थित शिक्षण अस्पताल लगिएको थियो । मृतकको शव उक्त अस्पतालकै शवगृहमा राखिएको छ ।