बनभोजका लागि पर्यटकीय स्थल भरिभराउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

जीतसागर जी.एम.

दाङ, १८ कार्तिक | तिहार सकिए लगत्तै बनभोजका लागि दाङका धार्मिक तथा पर्यटकिय स्थल भरिभराउ हुन थालेका छन् । बनभोजका लागि विभिन्न क्लव, विद्यालय तथा समुह भएर जिल्लाका धार्मिक तथा पर्यटकिय स्थलमा आउने गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराहीमा रहेको धारपानी पाण्डवेश्वर मन्दीर, बाह्रकुने दह, तुलसीपुरको गणेशपार्क, बवई गाँउपालिकामा रहेको पुरन्धारा छहरा, देउखुरीको रिहार, जखेरा ताल लगायतका करिब १ दर्जन बढी धार्मिक तथा पर्यटकीय स्थलहरुमा बनभोजका लागि जिल्ला भित्र तथा जिल्ला बाहीरका विभिन्न समुहहरु आउने गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तिहारमा विभिन्न समुह बनाएर भैलो खेल्ने र संकलित रकमबाट भ्रमण तथा बनभोजका लागि विभिन्न धार्मिक तथा पर्यटकिय स्थलमा जाने परम्परा पछिल्लो समय बढ्दै जान थालेको छ । दाङका विभिन्न पर्यटकिय स्थलमा भ्रमण तथा बनभोजका लागि जिल्ला भित्रै तथा जिल्ला बाहिरका आउने गरेको धारपानी पाण्डवेश्वर मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘धारपानीमा तिहार सकिएपछि अधिकांश पिकनिकका लागि आउने गरेका छन् भने कतिपय भ्रमण गर्नका लागि मात्रै आउने गरेका छन् उनले भने– ‘मन्दिर परिसरमा दैनिक करिब १० भन्दा माथी समुहहरु आएको पाईन्छ ।’ भैलोबाट संकलित केहि प्रतिशत रकम सामाजिक काममा लगाउने र बाँकी रकम भ्रमण तथा बनभोजका लागि खर्चने गरिएको पाईन्छ । भैलोबाट संकलन गरिएको रकमबाट नै भ्रमणमा आएको सल्यानका बिशाल बुढाथोकीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘हामीले भैलोबाट संकलित रकममध्ये ३० प्रतिशत सामाजिक काममा लगाएका छौँ, २० प्रतिशत वाध्यबाधनका सामाग्री खरिद र ५० प्रतिशत रकम बनभोजका लागि खर्च गरेका छौँ ,उनले भने–‘यसपाली धेरै रकम संकलन हुन पाएन त्यसैले भ्रमण मात्रै गर्न आएका छौँ , यसपाली बनभोज भएन ।’ भैलोबाट संकलित रकम खर्चेर १६ वटा समुह शनिबार धारपानी मन्दीर परिसरमा थिए ।

धारपानी मन्दीरमा पहिले पनि आएको थिँए , अरु साथीहरुको यहाँ आउने मन थियो, अनि हामीहरु पनि बनभोजका लागि आएका हौँ–भमकेबाट आएका बिक्रान्त रेउलेले भने । उनले भने–बिगतका वर्षमा बाह्रकुने दहमा जाने गरेका थियौँ , यसपाली धारपानीमा आएका छौँ , रमाईलो लाग्यो यो ठाँउपनि ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

क्लबमार्फत करिब ७० जनाको समुह बनभोजका लागि आएको बताउँदै उनले भने– भैलीबाट संकलित रकम मध्ये केहि प्रतिशत सामाजिक कामका लागि पनि छुट्याएका छौँ , बाँकी रकम बनभोजका लागि खर्च ग¥यौँ यो वर्ष । तिहार सकिए लगत्तै दाङका पर्यटकिय तथा धार्मिक स्थलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने गरेको छ । बनभोज तथा भ्रमणको गन्तव्यका लागि बाह्रकुने दहलाई छनौटमा पारेको बर्दियाका कुमार थारुले बताए ।

विद्यालयबाट बाह्रकुने दहमा बनभोजका लागि आएको बताउँदै उनले भने– हामीहरुले प्रत्येक वर्ष विभिन्न नयाँ धार्मिक तथा पर्यटकिय स्थल छनौट गरी बनभोजका लागि जाने गरेका छौँ ,उनले भने ‘यसपाली दाङमा आएका छौँ ’ तुलसीपुर उपहानगरपालिका–७ मा रहेको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा शनिबारमात्रै २७ वटा विभिन्न समुह बनभोजका लागि आएको पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर भण्डारीले जानकारी दिए ।

‘दशैँपछि पार्कमा भिडभाड बढीसकेको छ, अब अहिले त हामीलाई बनभोजका लागि आवश्यक सामाग्रि पु¥याउनै मुस्किल छ, उनले भने–‘ हाम्रो पार्कमा अहिले ५ वटामात्रै पिक्नीक स्पर्ट हो तर भाडाँकुडा भरि १० वटा सम्मलाई पु¥याउन सक्छौँ,अहिले जसोतसो मिलाएका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *