क्यान्सर पिडित क्षेत्रीलाई इन्द्रेणी युवा क्लवद्वारा सहयोग रकम हस्तान्तरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता
भालुवाङ, १६ कार्तिक । दाङ देउखुरीको भालुवाङमा रहेको इन्द्रेणी युवा क्लबले एक कार्यक्रमका बिच राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङका क्यान्सर पिडित हरिबहादुर क्षेत्रीका लागी उठाएको सहयोग रकम हस्तान्तरण गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भालुवाङका हरिबहादुर क्षेत्रीको खुट्टामा देखिएको घाउ बिग्रीएर क्यान्सर भएको र कमजोर आर्थिक अवस्थाका कारण उपचारका लागि चाहिने रकम जम्मा गर्न नसक्ने भएपछि पिडित क्षेत्रीको आग्रहमा क्लबका अध्यक्ष भिमबहादुर मरासिनीको नेतृत्वमा क्लबले एक अभियान चलाएर सहयोग रकम उठाएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

३ किस्ता गरेर जम्मा ३ लाख ८९ हजार रुपैया उठाएको क्लबले पहिलो किस्तामा ५२ हजार ,दोस्रो किस्तामा २ लाख ६२ हजार रूपैयाँ बुझाइएको क्लबका अध्यक्ष मरासिनीले बताए । बाँकी रहेको १ किस्ताको रकम ७५ हजार रुपैयाँ हस्तान्तरण र पहिले बुझाएको रकमको बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरेको पत्रकार सम्मेलन तथा रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो ।

क्लबका अध्यक्ष भिमबहादुर मरासिनीको अध्यक्षता एवम राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीको प्रमुख अातिथ्यतामा ‍भएको कार्यक्रममा राप्ती उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल, एओन टेलिभिजनका प्रबन्धक अमृतमान वली, पत्रकारहरु,क्लबका सदस्यहरु,स्थानिय बुद्धिजीवी लगायतका बिचमा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पिडित हरिबहादुर क्षेत्रीले क्लब र सहयोगी दाताहरुको मद्दतले आफू पुन: कृत्रिम खुट्टा जोडेर हिड्न सक्ने भएकोमा खुशी व्यक्त गर्दै सम्पुर्ण सहयोगी हरुलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सहजीकरण पत्रकार हिमाल खडकाले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *