चाक्लिघाटमा उपमहानगर पुगेन

टीका बस्नेत

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, कार्तिक १६ । ‘उपमहानगरबासी हौं भन्न लाज लाग्छ । गाउँमा विजुली छैन । मोटर बाटो छैन’, यो भनाई घोराही–२ चाक्लिघाटमा स्थानीय मुमबहादुर बुढाको हो । घोराही उपमहानगरपालिका वडानम्वर–२ ले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा बोल्दै अर्जुन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समेत रहनुभएका मुमबहादुरले भन्नुभयो, ‘निर्वाचनको समयमा उम्मेदवारले गरेका बाचा कहिल्यै पुरा भएका छैन । उपमहानगरपालिकावासी भएर पनि हाम्रो दैनिकी अत्यन्तै कष्टकर छ । विजुली र सडक समेत नहुँदा हामीलाई असाद्धै अप्ठ्यारो भएको छ ।’

निर्वाचन सकिएको २ वर्षपछि आफ्नो गाउँमा सांसद आउँदा अत्यन्तै खुसी लागेको भन्दै मुमबहादुरले निर्वाचनको समयका प्रतिवद्धता पुरा गर्न सांसदहरुलाई आग्रह गर्नुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, विद्युत, सडकलगायतका पूर्वाधारको अवश्यकता आफूहरुलाई हुँदाहुँदै पनि सडक र विद्युलीलाई प्राथमिकतामा राखिदिन सांसदहरुलाई आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बेलदमार चाक्लिघाट सडकको ट्रयाक खोलेको १५ वर्षपछि गत वर्ष कच्ची सडक निर्माण भएको भन्दै स्थानीय जसबहादुर पुनले उक्त सडक पनि वर्षामा भत्किएपछि आफ्नो निजी लगानीमा सडक मर्मत गरेर गाडी सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । ‘ट्रयाक खोलेको १५ वर्षपछि गत वर्ष गाउँसम्म आउने कच्ची सडक बनेको थियो, त्यो पनि वर्षामा भत्किएपछि गाडी चलाउनका लागि व्यक्तिगत लगानीमा सडक मर्मत गरेका छौं’, जसबहादुरले भन्नुभयो, ‘उपमहानगरवासी भनेर कसरी भन्नु कुनै सुविधा छैन । अरु त अरु थियो । विजुली, सडक, फोन सेवा केही छैनन् ।’

’घोराही–लमही सडक खण्डको बेलदमारदेखि ७ किलोमिटर पूर्वमा रहेको उक्त स्थान नेपाली राजनीतिको अत्यन्तै महत्वपूर्ण स्थान रहेको दावी गर्दै स्थानीयहरुले पञ्चायत र जनयुद्धको समयमा आफूले सेल्टर बनाएर बचाएका नेताहरुले यो स्थानलाई फर्केर नहेर्दा दुःख लाग्ने गरेको स्थानीयहरु बताउँछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडानम्वर–२ का अध्यक्ष केशव आचार्यले स्थानीय तहको वजेटबाट सामान्य बाटो निर्माण गरे तापनि प्रयाप्त नभएको बताउनुभयो । ‘गत आर्थिक वर्षमा हामीले बेलदमारदेखि चाक्लिघाट सडकमा २० लाख विनियोजन गरेका थियो । उक्त वजेट प्रयाप्त नहुँदा सडक पूर्वाधारको विकास गर्न समस्या भएको छ’, वडाध्यक्ष आचार्यले भन्नुभयो, ‘स्थनीय तहको वजेटले यो ठाउँको विकास गर्न सम्भव छैन । अब प्रदेश र संघीय सरकारले वजेट विनियोजन गर्नुपर्छ ।’

अन्तक्र्रिया कार्यक्रममा स्थानीयका गुनासा सुनिसकेपछि प्रतिनिधि सभा सांसद मेटमणि चौधरीले सडक र विद्युत पूर्वाधार सरकारको प्राथमिकताका विषय भएको बताउनुभयो । विगत २ वर्ष कानुन निर्माणमा खर्चिएकाले सरकारको ध्यान अब विकास र समृद्धितर्फ गएको भन्दै सांसद चौधरीले प्राथमिकताका आधारमा विकास निर्माण अघि बढ्ने बताउनुभयो । ‘सरकारले देखिने गरी काम गर्दैछ । विगत २ वर्ष कानुन निर्माणमा बितेकाले अब हाम्रो ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको छ’, सांसद चौधरीले भन्नुभयो, ‘सडक र विद्युत पूर्वाधार हाम्रा प्राथमिकताका विषय हुन् ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

संघीय संसदबाट आफूहरुले ऐतिकासिक र जनपक्षिय कानुन निर्माण गरेको भन्दै सांसद चौधरीले भूमि ऐनमार्फत् सुकुम्बासी जनताहरुलाई जग्गाको मालिक बनाउने बैधानिक बाटो खुला गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै संघीय सांसद विष्णु पौडेलले ३ तहका सरकारले विकास र समृद्धिको यात्रालाई अगाडि बढाएकाले विकास क्रमैसँग हुने बताउनुभयो ।

गत वर्ष पूर्वाधार विकास कोषमार्फत् रामपुर–चाक्लिघाट सडकको ट्रयाक खोलने काम भएको भन्दै सांसद पौडेलले यस वर्ष उक्त सडकको स्तरोन्नति गर्ने प्रतिवद्धता जनाउनुभयो । सरकार र प्रतिपक्षीय दलको सहकार्यबाट विकास हुने भन्दै सांसद पौडेलले प्रतिपक्षीय दलका सांसदहरुमा उक्त विषय प्राथमिकतामा नपरेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा सदस्य टार्जन खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ कार्यालय सदस्य सुरामणि बेलबासे, सचिवालय सदस्य मनोहर बुढाथोकी, लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण आधारभूत विद्यालय चाक्लिघाटका प्रधानाध्यापक गिरिराज भण्डारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *