सिसहनियाँ–महादेवा जोड्ने पक्की पुल बन्योे, माघ महिनाबाट पुल सञ्चालन हुने


ओमप्रकाशगुप्ता
सिसहनियाँ, ७ कार्तिक । दाङ देउखुरीको राप्ती नदीमा राप्ती गाउँपालिका अन्र्तगत सिसहनियाँ–महादेवा जोड्ने नेपालकै दोस्रो लामो पुल निर्माण कार्य सम्पन्न भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

८ सय ६० मिटर लम्बाई र साढे १० मिटर चौडाई रहेको पुल करिब एक अर्बको लागतमा निर्माण गरिएको हो । नेपालको सबैभन्दा लामो कर्णाली नदी पुलको लम्बाई १ हजार १५ मिटरको छ । यी दुवै पुलको निर्माण अनक निर्माण सेवाले गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पुल निर्माणको काम आर्थिक वर्ष २०७२–७३ बाट सुरु भएको थियो । आर्थिक वर्ष २०७६–०७७ भित्र पुल निर्माण सक्ने सम्झौता भए पनि त्यस अगावै निर्माणको काम सम्पन्न भएको अनक निर्माण सेवाले बताएको छ । पुल निर्माणका लागि चार वर्षको सम्झौता भएको थियो । तर सम्झौता वधि पूरा गर्नु ४ महिना अघि नै काम पुरा भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले पुल निर्माणको काम सम्पन्न भएर पुल सम्म पुग्ने सडक निर्माणको काम भइरहेको बताइएको छ । आउँदो माघ महिनाबाट पुलमा सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ । जिल्लाका विभिन्न स्थानमा निर्माण भइरहेका पुलहरू सम्झौता अवधि सकिँदा समेत निर्माण पूरा नभएको अवस्थामा राप्ती नदीमा पुल निर्माणको कामले स्थानीयलाई पनि खुसी बनाएको छ ।

पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारि र पारिको दूरी घट्ने भएको छ । अहिले गढवा गाउँपालिका अन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङहुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने हुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर, यो पुल निर्माण भएसँगै १५ मिनेट भित्रै वारपार गर्न सकिने सिसहनियाँका स्थानीयहरुले बताएका छन् । पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवै तर्फका स्थानीयलाई धेरै गाह्रो थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *