तुलसीपुरमा आधुनिक बसपार्क निर्माण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, कात्तिक ७ । चारैतिर खचाखच गाडी, वर्षादको समयमा हिलाम्य, हिउँदको समयमा धुलाम्य हुने गरेको तुलसीपुर बसपार्क अहिले भने चिटिक्ट हुँदै गएको छ । यात्रुलाई सहज तथा सुरक्षित बसपार्कबाट यातायात सेवा प्रवाह गर्न अहिले आधुनिक बसपार्क निर्माण भएपछि चिटिक्क हुँदै गएको हो । तुलसीपुर उपमहानगरपालिकाले नगर विकास कोष नयाँ बानेश्वरबाट ऋण तथा अनुदान रकम लिई त्यहाँ आधुनिक बसपार्क निर्माण गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आधुनिक बसपार्क निर्माण भएपछि यहाँका नागरिक पनि सुविधा सम्पन्न बसपार्कबाट अब सेवा लिन पाइने भयो भन्दै खुशी भएका छन् । आधुनिक बसपार्क निर्माणको सम्झौता बमोजिमको सम्पूर्ण काम पूरा भएको र छिट्टै भवनको उद्घाटन गरिने तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विसं २०७४ वैशाख महिनामा आधुनिक बसपार्क निर्माणका लागि बोलपत्र प्रक्रिया बढाएको उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिनुभयो। भ्याटबाहेक नौ करोड नौ लाख रुपैयाँको लागतमा सम्झौता अनुसारको निर्माणको पहिलोचरणको काम पूरा भएको इञ्जिनियर योगीले बताउनुभयो । बसपार्क निर्माणको जिम्मेवारी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी काठमाडौँले पाएको थियो ।

निर्माणको जिम्मेवारी पाए पनि बसपार्क बनाउने जग्गाको केही भागमा अटोभिलेज हुँदा केही समय जग्गा विवादका कारण काम अवरुद्ध भएको थियो । जनप्रतिनिधि, यहाँका नागरिक समाज, दलका नेता, उद्योगी, स्थानीयवासीबीच समन्वय गरी छलफल भई समस्या समाधान भएसँगै निर्माणको कामले तीव्रता पाएको थियो । अहिले निर्माणको काम पूरा भएको इञ्जिनियर योगीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अटोभिलेजलाई त्यहाँबाट तुलसीपुर नगरपालिका–६ रजौराको कमलपोखरी सामुदायिक वनको जग्गामा सारिएको छ । आधुनिक बसपार्क साढे पाँच बिघाहा क्षेत्रफल जग्गामा फैलिएको छ ।

त्यहाँ तीन सय बढी सवारीसाधन व्यवस्थित रुपमा राखिने क्षमता रहेको छ । त्यहाँ यात्रु प्रतिक्षालय, टिकट काउन्टर भवन, शौचालय र पक्की सडक निर्माण गरिएको पनि योगीले जानकारी दिनुभयो । उहाँका अनुसार बसपार्कभित्र ५२ वटा व्यावसायिक टहराका प्रशासनिक भवन, रेष्टुरेन्टलगायतका संरचना निर्माण गरिएको छ । सो बसपार्कमा स्तनपान कक्ष निर्माण गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बसपार्क निर्माणले आफूलाई निकै उत्साहित बनाएको तुलसीपुरका व्यवसायी मीनराज भण्डारीले बताउनुभयो। ‘बसपार्क छेउमा आफूले लामो समयदेखि किराना पसल गर्दै आएको र धुलो, अव्यवस्थित पार्किङका कारण सास्ती खेप्नु परेको थियो, अब भने सजह हुने भयो’, भण्डारीले भन्नुभयो।

त्रिशिदेश्वरी राप्ती यातायात प्रालिका सचिव प्रकाश भट्टले बसपार्क निर्माणले अब जथाभावि रुपमा गाडी राख्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । तुलसीपुर उपमहापालिकाका उपप्रमुख माया आचार्यले बसपार्क निर्माणले नागरिकलाई सहज, तथा सुरक्षित यात्रा गराउन सजिलो भएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले भन्नुभयो, ‘यसले तुलसीपुर बजारलाई स्मार्टसिटिको रुपमा विकास गर्ने र नगरको सुन्दता बढाउन, नागरिकलाई सुविधा प्रदान गर्न सहयोग हुने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *