दाङ, कार्तिक ७ । घोराहीमा नेक्स्ट जेन टेड्रस (रोयल वस्त्रालय) सन्चालनमा आएको छ । घोराहीको न्यु रोड स्थितमा रहेको पद्मावती मार्केटमा रोयल बस्त्रालय मंगलवारदेखि सन्चालनमा आएको हो । तीन जना युवाहरुले सञ्चालन गरेको वस्त्रालयमा पछिल्लो समयमा चलेका डिजाईनका कपडाहरु पाईने सञ्चालकले बताएका छन् ।
करीब ४० लाख रुपैँया लागत सञ्चालनमा रहेको बस्त्रालयमा महिलाहरुका लागि साडी, सुट, प्लाजो, लह्ङा, सुरुवाल कुर्ता, धोतीहरु सस्तो सुपथ मुल्यमा विक्रि वितरण गर्ने लक्ष्य रहेको सञ्चालक शिशिर आचार्यले बताउनुभयो । ‘सस्तो मुल्यमा राम्रो र गुणस्तरिय सामानहरु विक्रि गर्ने र सेवा गर्ने हाम्रो उदेश्य हो, हामीले क्वालिटिमा कम्प्रमाईज गरेका छैनौँ ।’
इन्डियन ब्रान्डका ५ सयदेखी १३ हजारसम्मका उच्च क्वालिटीका पहिरनहरुका बस्तुहरु पाइनुका साथै तिहारमा खरिद गर्ने ग्राहकका लागि बिशेष छुट रहेको रोयल वस्त्रालयका संचालक आचार्यले बताउनुभयो । ३ जना प्रज्ञान रेग्मी, शिशिर आचार्य, भरत गिरीको संयुक्त लगानीमा खोलिएको नेक्स्ट जेन टेड्रस रोयल बस्त्रालयले ग्राहकहरुका लागि बिभिन्न किसिमका पहिरनहरु उपलब्ध रहेको बताउनुभयो ।