राप्ती गाउँपालिकामा राती दश बजेपछि देउसीभैलो खेल्न नपाइने

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

दाङ,७ कार्तिक | इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारुले यस वर्षको तिहारमा राती १० बजे पछि देउसी भैलो नखेल्न सवैमा आग्रह गरेका छन् । राप्ती गाउँपालिकाले बुधवार मसुरीयामा आयोजना गरेको फोहरमैला व्यवस्थापन सम्बन्धी भेलामा बोल्दै प्रहरी प्रमुख सारुले सो आग्रह गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै उनले पटाका जन्य पदार्थ पट्काउन नपाइने, मादकपदार्थ सेवन गरी भैलो खेल्न नपाइने, हो हल्ला हुने र अरुलाई असर गर्ने किसिमका डिजे बजाउन नपाइने बताएका छन् । साथै उनले चार्डपर्वका बेला घर छोड्दा फेसबुकमा फोटो अपलोड नगर्न तथा आफु र अरूलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् भने उनले आफनो कला संस्कृति संरक्षण सम्बन्धी देउसी भैलो खेल्न पनि आग्रह गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *