सकियो महायज्ञ , २८ लाख बढी दान संकलन

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, ७ कातिक | आधुनिक धर्मशाला निर्माण तथा मन्दीरको स्तरोन्नतीको सहयोगार्थ तुलसीपुर उपमहानगरपालिका–१९ मा बाँसगढी भएको महायज्ञको बुधबार समापन गरिएको छ । २९ असोजदेखि शुरु भएको महायज्ञ बुधबार समापन गरिएको हो । महायज्ञ मूल आयोजक समितिका आर्थिक संयोजक नविन पोखरेलका अनुसार महायज्ञको अन्तिम दिनसम्मको गरी २८ लाख संकलन भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महायज्ञमा बुधबार अन्तिम दिनमा तुलसीपुर १८ बिजौर मुढेगाँउ निवासी नमादेवी गौतमले ५१ हजार ५ सय ५५, महायज्ञका मूलकर्ता राधिकादेवी आचार्यले ५० हजार १ सय ५५, तुलसीपुर उपमहानगरपालिका— १८ बिजौरीका ऋषिराज पोखरलले २५ हजार ५५ सहयोग गरेको आर्थिक संयोजक पोखरलले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका–१६ का जहदा गाँउ निवासी लक्ष्मण पोखरलले २५ हजार १५५, तुलसीपुर उपमहानगरपालिका–१६ मधुसुदन पोखरलले २१ हजार ५ सय, तुलसीपुर–१९ बाँसगढीका मनोजकुमार पोखरेलले २१ हजार ११५ सहयोग गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मन्दिरमा आधुनिक धर्मशाला निर्माणार्थ संचालन भएको महायज्ञ पूर्णरुपमा सफल भएको महायज्ञ मूल आयोजक समितिका संयोजक भाष्कर मज्गैँयाले दावि गरे । ग्रामिणस्तरमा संचालन भएको महायज्ञमा पनि दानदाताको उल्लेख्य साथ र सहयोग पाएको उनले बताए ।

मन्दिरको स्तरोन्नती गरी आधुनिक धर्मशाला निर्माण गरी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने संयोजक मज्गैँयाले बताए । महायज्ञको प्रमुख कथाबाचकमा रामचन्द्र तिमिल्सीना र उपवाचकमा १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमिल्सीना रहेका थिए । यसैबिच महायज्ञको बुधबार समापन गरिएको छ । महायज्ञ मूल आयोजक समितिका अध्यक्ष मज्गैँयाको अध्यक्षतामा महायज्ञको समापन गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *