सडक छेउका नागरिकलाई मुआब्जा

Blog Post Ad Blog Post Ad Blog Post Ad

रुकुम, २६ असोज | मध्यपहाडी लोकमार्ग र सहिदमार्ग क्षेत्र अन्तर्गत पर्ने रुकुमपूर्वका घरधनीहरुलाई मुआब्जा वितरण गरिएको छ । सहिदमार्ग अन्तर्गत २ घर र मध्यपहाडी लोकमार्ग अन्तर्गत २१ घर गरी २३ घरधनीलाई मुआब्जा वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार शाहले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एक घरधनीले न्यूनतम् ९५ हजार ७ सय ६७ रुपैयाँ र अधिकतममा ९ लाख २ हजार ४ सय ८७ रुपैयाँ सम्म मुआब्जा पाएका छन् । सडक कालोपत्रे गर्ने मापदण्ड अनुसार कालोपत्रे गरिएको ७ मिटर देखि ३ मिटर भित्र पर्ने घर भत्काउनु पर्ने रहेको छ । रुकुम पूर्बमा मध्यपहाडी लोकमार्ग र सहिदमार्ग मुख्य सडक हुन् ।

मध्यपहाडी लोकमार्ग रुकुम पश्चिम देखि पूर्व बाग्लुङ जिल्लासँग जोडिएको छ । त्यसैगरी सहिदमार्ग दाङ हुँदै रोल्पा थबाङ भएर भूमे‐२ सँग जोडिएर पुथा लगिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *