चखौरामा थारु साँस्कृतिक सङ्‍ग्रहालय

दाङ, असोज २५ । पश्चिम दाङको चखौरामा थारु जातिको कला संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली झल्काउने थारु साँस्कृतिक सङ्‍ग्रहालय सञ्‍चालनमा आएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दंगीशरण गाउँपालिका–३ चखौरामा निर्माण भएको सङ्‍ग्रहालय पछिल्लो समय आन्तरिकको पर्यटकीय केन्द्रका रूपमा विकास हुन थालेको छ। बेस संस्थाले सञ्‍चालनमा ल्याएको साँस्कृतिक सङ्‍ग्रहालयलाई गतवर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ६५ लाख रुपैयाँ प्रदान गरेपछि थप व्यवस्थित गर्ने काम गरिएको छ।

थारु सङ्‍ग्रहालयमा थारु जातिको कला, संस्कृति, रीतिरिवाजसँगै थारु जातिका प्रथम राजा दंगीशरणको प्रतिमासमेत स्थापना गरिएको छ। थारु जातिको उद्‍गमस्थल दाङलाई थारु जातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले थारु सङ्‍ग्रहालय स्थापना गरिएको सांसद डिल्लीबहादुर चौधरीले बताए। त्यही उद्देश्यअनुसार साँस्कृतिक सङ्‍ग्रहालयमा दाङका थारु समुदायले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्दी, जोत्‍न र खन्‍न प्रयोग गरिने हलो, जुवा, फरुवा, हसिया, कोदालोलगायतका सामग्रीसँगै नृत्य झल्काउने तस्बिरहरू राखिएको बताए। ‘थारु सङ्‍ग्रहालयमा पूर्वदेखि पश्चिमसम्मका थारु जातिको पहिचान, कला संस्कृति झल्काउने मूर्तिदेखि चित्रहरु रहेका छन्’, सांसद चौधरीले भने, ‘यसले थारु जातिको जन्मदेखि मृत्युसम्मको परम्परा अध्ययन गर्न चाहने व्यक्तिहरुलाई सहयोग पुर्‍याउनेछ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

चार बिघा क्षेत्रफलमा फैलिएको साँस्कृतिक सङ्‍ग्रहालयमा थारु जातिले राज्य गर्दाका विभिन्न चरणहरु देख्‍न सकिने  उनले बताए। त्यस्तै त्यहाँ घुम्‍न जाने पर्यटकहरुका लागि थारु जातिसँग सम्बन्धित सम्पूर्ण परिकार खाने व्यवस्थासमेत भएको उनले जानकारी गराए।

सङ्‍ग्रहालयलाई दाङका थारु जातिको मात्र नभएर नेपालकै थारु जातिको नमुना केन्द्रका रूपमा विकास गरिने उनले बताए। नेपालका विभिन्न जिल्लामा छरिएर रहेका थारु जातिको सम्पूर्ण ऐतिहासिक गतिविधि सङ्‍ग्रहालयमा देख्‍न सकिने चौधरीले बताए। थारु साँस्कृतिक सङ्‍ग्रहालयलाई मुलुककै नमुना सङ्‍ग्रहालयको रूपमा विकास गरिने उनको भनाइ छ। यसलाई आगामी दिनमा थप विकास गर्दै लैजाने उनले बताए। ‘बजेटको अभावमा सङ्‍ग्रहालयको प्राप्त विकास गर्न सकिएको छैन,’ उनले भने, ‘आगामी दिनमा बजेट प्राप्त भए थप विकास गर्दै जानेछौ‌ं।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

थारु सङ्‍ग्रहालयको उद्घाटन

थारु साँस्कृतिक सङ्‍ग्रहालयको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। थारु सङ्‍ग्रहालयको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बिहीबार उद्घाटन गरेका हुन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले थारु जातिको कला संस्कृतिको संरक्षणका लागि सांस्कृतिक सङ्‍ग्रहालयले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। पश्चिम दाङको चखौरामा स्थापना भएको थारु साँस्कृतिक सङ्‍ग्रहालयलाई दाङमा नमुना पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिएका थिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *