पिकप भ्यान र कार एकापसमा ठोक्किदा घोराहीमा तीनजना घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, असोज २३ । पिकप भ्यान र कार एकापसमा ठोक्किदा दाङमा तीनजना घाइते भएका छन् । जिल्लाको घोराही–१५ रतनपुरमा हिजो साँझ पिकप भ्यान र कार ठोक्किदा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही–तुलसीपुर सडक खण्डको रतनपुर चोकमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु२च ४८६२ नम्वरको कुखुरा बोक्ने पिकप भ्यान र बिपरित दिशाबाट आउँदै गरेको बा२१च ३७०६ नम्वरको कार ठोक्किदा तीनजना घाइते भएको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिनुभयो ।

दुर्घटनामा परी कार चालक घोराही उपमहानगरपालिका–१५ का ४३ वर्षिय अभिमन्यु गिरी, पिकपमा सवार रोल्पा रुन्टिगडी गाउँपालिका–२ का ३७ वर्षिय को रेसश रोका र सोही ठाउँका ३९ वर्षिय कमल थापा घाइते भएको प्रहरी प्रवक्ता शाहले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शाहका अनुसार घाइते गिरीको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार भइरहेको छ, भने अन्य दुईको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *