दाङमा दुई महिनामै ६३ जना महिला बालबालिका बेपत्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, असोज १५ । दाङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार चालू आर्थिक वर्ष २०७६/०७७ का दुई महिनामा ३४ महिला तथा २९ बालबालिका हराएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चालु आर्थिक वर्षको २ महिनामै जिल्लाका १६ बालिका र १३ बालक हराएको प्रहरी निरिक्षक गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार हराएकामध्ये छ महिला, पाँच बालिका र पाँच बालक फेला परेका छन् भने अन्य २८ महिला ११ बालिका र आठ बालक सम्पर्कमा आउन सकेका छैनन् ।

हराएका ६३ महिला र बालबालिमध्ये १६ जना फेला परेको भन्दै प्रहरी निरिक्षक गौतमले अझै ४७ फेला पर्न नसकेको जानकारी दिनुभयो । हराएमा खोजीका लागि प्रहरीलाई खबर गरे पनि कतिपयले भने भेट्टाउँदा खबर नगर्ने प्रवृत्ति रहेकाले पनि तथ्याङ्कमा तलमाथि हुने गरेको गौतमको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विभिन्न प्रलोभनमा पारेर महिला तथा बालबालिकालाई घरपरिवारबाट सम्पर्क टुटाएर काममा लगाउने, बाहिरी मुलुक लैजाने, महिला पारिवारिक समस्याका कारण तथा श्रीमान्, वैदेशिक रोजगारका क्रममा गएका र घरमा श्रीमतीले पैसा हिनामिना गरेर घरबाट हिँड्ने गरेकाले पनि यस्तो समस्या रहेको उहाँले जानकारी दिनुभयो ।

हराएका महिला बालबालिकालाई रोक्नका लागि बढी भूमिका अभिभावककै रहने हुँदा अभिभावक जिम्मेवार बन्न आवश्यक रहेको समेत प्रहरी निरीक्षक गौतमले बताउनुभयो । यसैगरी नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको संख्या प्रत्येक वर्ष बढ्दै गएको प्रहरीले जनाएको छ । बालबालिकालाई काममा लगाउँदा पारिश्रमिक दिन नपर्ने भएका हुँदा श्रमका लागि लैजाने गरेको प्रहरी निरिक्षक गौतमको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *