दाङमा एक युवकको शव फेला

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, असोज १५ । दाङमा एक युवकको शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ घोरदौरा चिउरी डाँडोको भीरदेखि करिब एक सय मिटर तल खोंचमा करिब २२/२३ वर्षका एक युवाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

युवकको शव मंगलबार बेलुका ६ बजे फेला परेको प्रहरीले जनाएको छ । मृतकको शरीरमा कालो ज्याकेट, कालो ट्रयाक, हातमा कालो घडी र खुट्टामा कालो सेतो रंगको एडिडास कम्पनीको जुत्ता रहेको प्रहरीले बताएको छ।

शव पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने मृतकको सनाखत हुन सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *