प्रधानाध्यापकले प्र.अ. भत्ता नलिने घोषणा


रुकुम, १५ असोज | रुकुम पश्चिमका एक प्रधानाध्यापकले प्रअ भत्ता नलिने घोषणा गरेका छन । आठबिसकोट नगरपालिका वडा नम्बर १४ स्थित जनविकास मावि ज्यामिरकोटका प्रधानाध्यापक दिपक सङगम थापाले प्रअ भत्ता नलिने घोषणा गरेका हुन् । हालै बसेको बिद्यालय व्यवस्थापन समितिको बैठकबाट आफुले प्रअ भत्ता नलिने निर्णय गराएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


प्रधानाध्यापकका लागि नेपाल सरकारले प्रदान गर्दै आयको प्रअ भत्ता अबदेखी आफुले नलिने र उक्त रकम बिद्यालयमा अध्ययन गर्ने गरिब बिद्यार्थीको पठनपाठनका लागि सहयोग गर्ने प्रधानाध्यापक थापाले बताए । अहिले जताततै भत्ताको नाममा स्वयम सरकारले रकम दुरुपयोगमा लगायको भन्दै दुरुपयोग गर्नु दुखद भएको प्रअ थापाले बताए । प्रअ थापाको यस्तो कार्यबाट आठबिसकोट बासी खुसी भएका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *