दाङमा चितुवाको छाला सहित एक पक्राउ


घोराही, १४ असोज | दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले विशेष सुराकीको आधारमा सोमबार बेलुकी तुलसीपुरबाट चितुवाको छालासहित रूकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालिका–१४ निवासी १९ वर्षीय भीमप्रसाद विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहीले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चितुवाको छाला बोकेर हिडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले विकलाई तुलसीपुर उपमहानगरपालिका– ६ विद्युत कार्यालय नजिकैबाट विकलाई पक्राउ गरेको हो। प्लाष्टिकको बोरामा लुकाएर झोलामा बोकी राखेको अवस्थामा पक्राउ गरेको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चितुवाको छालाको टाउकोदेखि पुच्छरसम्मको ७ फिट ६ ईन्च लम्वाई रहेको छ । पक्राउ परेका विकलाई राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अन्तर्गत थप कानुनी कारबाहीको लागी जिल्ला वन कार्यालय दाङ पठाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *