मावि रझेनामा लागु औषध दूव्र्यसन बिरुद्ध कक्षा सुरु

बढ्दो अबस्थामा रहेको लागु औषध दूव्र्यसनिलाई रोक्न घोराही उपमहानगरपालिका वडा नम्बर १८ ले वडामा रहेका विद्यालयमा सचेतना कार्यक्रम सुरु गरेको छ । वडामा रहेका ५ वटा विद्यालय मध्य पहिलो चरणमा तीनवटा विद्यालयमा लागु औषध सचेतना कक्षा नै सञ्चालन गरिएको वडा अध्यक्ष भरतमणि अर्यालले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैक्रममा बुधबार माद्यामिक विद्यालय रझेनामा कक्षागत पढाईका लागि औपचारिक सुरुवात गरेको छ । कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरि लागु औषधले पार्ने हानीका बिषयमा कक्षागतरुपमा पढाई हुने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मावि रझेनामा १० घण्टाको पढाई हुने लागु औषध विरुद्धको प्रदेश संयोजक प्रशिक्षक बसन्त पुनले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक उद्धब न्यौपानेको अध्यक्षता एवं वडा अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यता र वडा प्रहरी प्रमुख शशिधर शर्माको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरि कक्षागत पढाईको सुरुवात गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रशिक्षक बसन्त पुनले लागु औषधको दूव्र्यशनीका धेरै किशोर देखी नै फस्ने गरेको भन्दै विद्यार्थीहरुलाई सचेत बन्न आग्रह गर्नुभयो । त्यसैगरी वडा अध्यक्ष अर्यालले सामाजिक समस्याकै रुपमा बाहिर आएको भन्दै दुव्र्यशनीलाई रोक्न स्थानिय सरकारका हैसियतले शैक्षिक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

वडा प्रहरी प्रमुख शर्माले लागु औषधलाई प्रयोगमा कानुनले बन्देज गरेको भन्दै विद्यार्थीहरुलाई यसको प्रयोगले निम्त्याउने समस्याका बारेमा सचेत गराउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *