अतिक्रमण गरी बनाएको टहरा प्रहरीले भत्कायो

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ ३० । इप्रका तुलसीपुरले सरकारी जग्गा अतिक्रमण गरी बनाउन थालिएको टहराहरु भत्काउने काम गरेको छ । तुलसीपुर उपमहानगरपालिका १७ रावतगाउँमा करिब एक बिघाह जग्गा स्थानीयले अतिक्रमण गरी टहरा निर्माण गर्नका लागि खाँबो गाडेका थिए । सो जग्गामा स्थानीयहरुले भागबण्डा गरेर टहरा निर्माण गर्न सुरु गरेको अवस्थामा प्रहरीले रोकेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको टोलीले हस्तक्षेप गर्दै निर्माण गर्न थालिएका टहराहरु हटाएको थियो । प्रहरीले सरकारी जग्गा अतिक्रमण गरी बनाइएको ६० वटा टहरा भत्काएको बताएको छ । इप्रका तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्वर पालले सरकारी जग्गा अतिक्रमण गरेकाले त्यसलाई रोक्न टहरा भत्काइएको जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *