दाङबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ ३०  । दाङबाट नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुरवाट जिल्ला कमिटी सदस्य अतुल कँवर र उद्धव शाह पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कँवरलाई राप्ती प्रादेशिक अस्पतालमा औषधी किन्न गएको समयमा प्रहरीले पक्राउ गरेको थियो । उनि प्रेसरका बिरामी भएको वताइएको  छ । शाहलाई तुलसीपुरको बसपार्कबाट प्रहरीले पक्राउ गरेको थियो । राप्ती सेवा प्रालीका कर्मचारी समेत रहेका शाहलाई प्रहरीले टिकट काउन्टरवाटै नियन्त्रणमा लिएको बताइएको छ ।

कँवर साहारा यातायात प्रालीको सञ्चालक समितिका पदाधिकारी रहेको खुल्न आएको छ । आफ्ना कार्यकर्ता पक्राउ परेको बारेमा विप्लव नेकपाले भने कुनै प्रतिक्रिया जनाएको छैन । पक्राउ परेका मध्य शाह भने विप्लवका सामान्ने समर्थक मात्रै रहेको खुल्न आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *