विकास प्राधिकरणले पायो पूर्णता

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, भदौ ३० । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर विकास प्राधिकरणलाई पूर्णता दिएको छ । विकास प्राधिकरण ऐनका आधारमा १५ सदस्यीय समिति गठन गरिएको छ । नगरप्रमुख घनश्याम पाण्डे अध्यक्ष र उपप्रमुख माया शर्मा उपाध्यक्ष रहेको समितिमा वडाध्यक्ष सुर्यवहादुर डाँगी,टोपवहादुर केसी, राजु आचार्य, विजय विक, लक्ष्मण भण्डारी,कार्यपालिका सदस्य अमर नेपाली माइकल,नगर सभा सदस्य सीता केसी र धर्मा श्रेष्ठ, विज्ञको तर्फबाट नहकुल केसी र मधुकर राजभण्डारी, पूर्व जनप्रतिनिधिका तर्फबाट मेघराज भुषाल सदस्य रहेको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्राधिकरणको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु र निर्देशकमा पवन योगी रहेका छन् । प्राधिकरणले यसैवर्ष ६० किलोमिटर बाटो कालोपत्रे गर्ने योजना वनाएको पनि प्रवक्ता डाँगीले जानकारी दिए । प्रवक्ता डाँगीका अनुसार प्राधिकरणका लागि सामग्री खरिद प्रक्रिया अगाडि वढेको र दशै लगत्तै काम सुरु हुने भएको छ ।


त्यसैगरी कार्यपालिकाको ७९ औ वैठकले नगर विकास समिति तुलसीपुरलाई समेत पूर्णता दिएको छ । नगर प्रमुख घनश्याम पाण्डे अध्यक्ष रहेको समितिमा वडाध्यक्ष विरेन्द्र कुमार शाह, नवराज लामिछाने, कार्यपालिका सदस्य डिला परियार, समाजसेवी टिकाराम रेग्मी, दिलकुमारी घर्ति रहेको पनि प्रवक्ता डाँगीले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले विभिन्न मन्त्रालयबाट उपमहानगरपालिकामा आएका र कार्यक्रम स्थगन भएका करार कर्मचारीको सम्झौता रद्द गर्ने निर्णय समेत गरेको छ । यसैविच वैठकले संविधान दिवस भव्य रुपमा मनाउने र सरोकारवाललाई पनि सोही अनुसार मनाउनका लागि आव्ह्वान गर्ने निर्णय गरेको पनि प्रवक्ता डाँगीले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *