जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, भदौ २६ । जन्मदिनको अवसरमा एक सय ३० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । घोराही उपमहानगरपालिका–१२ घर भैइ हाल अमेरिका बस्दै आएका प्रेमप्रसाद राजभण्डारीले आफनौ ५० औँ जन्मदिनको अवसरमा घोराही उपमहानगरपालिका–१२ गुर्जेमा रहेको आधारभुत विद्यालय गुर्जेमा अध्ययनरत एक सय ३० जना विद्यार्थीहरुलाई कापी र कलम सहयोग गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जन्मदिनलाई रचनात्मक रुपमा मनाउने उद्देश्यले आफुले अध्ययन गरेको विद्यालयमा दाईले शैक्षिक सामग्री वितरण गर्ने सोच अनुसार कापी र कलम सहयो गरिएको उनका भाई श्रीधर राजभण्डारीले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम केसीको अध्यक्षतामा भएको कार्यक्रममा भण्डारीका बुबा कृष्णराज राजभण्डारी, आमा दिलकुमारी भण्डारी र दाई सोमप्रसाद राजभण्डारीले विद्यार्थीलाई अध्ययनका लागि आवश्यक पर्ने कापी र कलम वितरण गरेका थिए । ५० हजार बढि मुल्यको शैक्षिक सामग्री वितरण गरिएको परिवारले जनाएको छ ।

त्यस अवसरमा विद्यालयमा स्थापना गरिएका दुई वटा अक्षकोषबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयमा स्थापना गरिएको तिर्थ–रेवती स्मृति अक्षकोषबाट कक्षामा ८मा उत्कृष्ठ अंक ल्याउने छात्रछात्राहरु अजय विक, मनिषा बुढामगर र सिमा नेपालीलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै अमरराज स्मृति अक्षकोषबाट कक्षा आठको बार्षिक परिक्षा गणित विषयमा उत्कृष्ठ नम्वर ल्याउने अजय विक र दिलकुमारी रोकालाई अक्षकोषबाट पुरस्कृत गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालयका शिक्षक श्रीधर थापाको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा विद्यार्थी विद्यालयका प्रधानाध्यापक श्रवणकुमार केसी, अक्षकोषदाता यमबहादुर डिसी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बुद्धिराम शर्मा, शिक्षक यज्ञ गिरी, विद्यार्थी यमूना केसीलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको बारेमा राजभण्डारीका भाई श्रीधर राजभण्डारीले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण शिक्षक श्रीधर अधिकारीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *