बेग्लै छवी भएका रवि

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रत्येक साता जिल्लाको कुनै एक वडाले विगत दुई बर्षमा गरेको क्रियाकलाप बारे जानकारी दिने उद्देश्यले हामीले केही साता अघि देखि वडा सरकार स्तम्भ सुरु गरेका छौ । सोही स्तम्भमा आज हामीले घोराही उपमहानगरपालिका वडा नम्वर १३का वडा अध्यक्ष रविलाल घर्तिसँग उनको नेतृत्वमा रहेको वडा सरकारले गरेको जनविकासको काम बारे जानकारी दिने प्रयास गरेका छौ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रस्तुती ः रीता लामा

Blog Post Ad Blog Post Ad Blog Post Ad

पुर्वाधार निर्माण

घोराही उपमहानगरपालिका वडा नम्वर १३का वडा अध्यक्ष रविलाल घर्तीसँगको कुराकानीमा उनले सबै भन्दा धेरै पुर्वाधार निर्माणमा आफुहरुले बढी प्राथमिकता दिएको बताए । त्यसमा पनि ग्रामिण बाटोलाई अलि धेरै भएको उनको भनाई छ । ‘विगत दुई बर्षको बीचमा हामीले ग्रामिण क्षेत्रमा पर्ने वडाका करिव साढे दुई किलोमिटर बाटो कालो पत्रे गरेका छौ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

उनले भने ‘बजार क्षेत्रबाट टाढा पर्ने हाम्रो वडालाई यातायातको सहज पँहुचको लागि हामीले बाटो निर्माण प्राथमिकतामा राखेका हौ ।’ स्थानियवासीबाट पनि बाटो, कुलो, पानी, विद्युत लगायतका आधारभुत माग बढी आउने गरेको उनले बताए । विगत दुई बर्षको बीचमा वडाको लगानीमा बर्रामा देखि डवरीसम्म जोड्ने, सुविधा नगरटोल, हेलोटावर देखि दक्षिण तिरको सडक पनि कालोपत्रे गरिएको जानकारी दिए । यस्तै चर्चित पर्यटकिय स्थल बारकुने दह देखि माथिल्लो गाउँमा जाड्नको लागि पनि बाटो कालो पत्र गरिएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

करिव साढे २ किलोमिटर ग्रामिण बाटो कालोपत्रे गरिएको उनले बताए । यस्तै बास्कोट हुँदै कलमघारीमा जोड्ने लगायतका अन्य धेरै ठाउँको हिलाम्मे र धुलाम्मे हुने बाटोलाई ग्राभेल गरिएको जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिक्षा क्षेत्रमा

वडाले आफ्नो वडा भित्र रहेको सबै सामुदायिक विद्यालयलाई प्रत्यक बर्ष पुर्वाधार विकास र अन्य क्रियाकलापको लागि बजेट विनियोजन गर्दै आएको छ । जसमा ज्यामिरे प्राथमिक विद्यालयमा, गणेश प्रावि विद्यालय, बगाले प्राथमिक विद्यालयमा पनि बजेट विनियोजन गरेको वडा अध्यक्षले बताए ।

 

वडामा राम्रो पहिचान बनाएर दक्ष जनशक्ति उत्पादन गरिरहेको वराहा क्षेत्र माविको लागि ५ लाख, कलमघारी प्राथमिक विद्यालयमा एक लाख ५० हजार, बगाले प्राथमिक विद्यालयको लागि एक लाख ५० बजार बजेट विनियोजन गरेको वडाले जनाएको छ । यस्तै विद्यार्थीहरुलाई लाग औषध विरुद्ध सचेत रहनको लागि वडाका विद्यालयहरुमा लागु औषध दुव्र्यशनि विरुद्धको सचेतना मुलक कार्यक्रम, खेलकुद, अतिरिक्त क्रियाकलाप लगायतको काम गरेको बताए ।

 

महिला बालबालिका

महिला बालबाबालिकाको क्षमता विकास, सीप विकास, जनचेतनाको धेरै काम वडाले गरेको वडा अध्यक्षको भनाई रहेको छ । जसमा महिलाहरुलाई आत्म निर्भर बन्नको लागि भिन्न किसिमका व्यवसाय मुलक सीप प्रदा नगरिएको, महिला हिंसा विरुद्धका सचेतनाको काम गरिएको, बालबालिकलाई बाल अधिकारको जनचेतना मुलक कार्यक्रम गरेको बताए । यस्तै युवाहरुलाई विदेश जानबाट रोक्नको लागि पनि उनीहरुलाई सीप मुलक तालिम, कृषि उत्पादनमा लगाउनको लागि टनेल खेति लगायतको युवालाई व्यवसाय बनाउने काम गरेको बताए ।

 

स्वास्थ्य

ज्नताहरुलाई विभिन्न खाले रोगबाट बच्नको लागि जनचेतना मुलक कार्यहरु भैरहेको, विभिन्न रोगजन्य महामारीको विषयमा जानकारी, वडामा रहेका दुई वटै स्वास्थ्य चौकीको स्तर उन्नती र प्रत्येक बर्ष बजेट विनियोजनको काम गरिरहेको वडा अध्यक्ष घर्तिले बताए ।

सिचाई

सडक पछि जनताले सबै भन्दा धेरै माग गरेको सिचाई रहेको छ । वडाले दिएको जानकारी अनुसार सिचाई नपुगेका प्रत्येक टोलका बासिन्दाहरुले बढी भन्दा बढी सिचाई कुलो, पोखरी, ड्याम निर्माणको लागि पटक पटक वडामा माग गर्न आउने गरेका छन् । अहिले वडामा ज्यामिरे ड्याम स्तरिय बनेको छ ।

 

प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको सहयोगमा बनेको उक्त ड्यामबाट वडाका धेरै टोलहरुमा सुविधा पुगेको छ । ज्यामिरे ड्याम निर्माणको लागि प्रदेश सरकारबाट २ करोड, नगरबाट एक करोड ५० लाख बजेटले स्तरिय बनाइएको थियो यस्तै अहिले पनि ५५ लाख रकम नगरले विनियोजन गरेको छ । ड्यामले वडामा वहु उपयोगि फाइदा दिन थाले पछि सबै ठाउँबाट माग गरेको वडा अध्यक्ष घर्तिले बताए । पहिले सुख्खा मौसममा पट्पटी फुट्ने जमिनहरुमा अहिले चिस्यान हुन छोडेको छैन । कात्तिक मंसिरमा सुक्ने जरुवा, कुवा, ट्युवेलको धाराहरु अहिले १२ वटै महिना आउने गरेका छन् । ड्याम कै कारणले जनताहरुमा सिचाई, कृषि, हरियाली पानीको प्रसस्त स्रो हुन थाले पनि अहिले वडाले ड्यामलाई प्राथमिकतामा राखेको उनले बताए ।

जसमा अहिले अको ड्याम समेत निर्माण गरेको छ भने बारकुने ताल पहिलेबाटै वडामा छ । यस्तै जनालाई खानेपानीको सहज पँहुचको लागि वडा मै बराह क्षेत्र खानेपानी संस्थाले सहयोग गरिरहेको वडाले जनाएको छ । जनताको घरघरमा पानी वितरवण गर्ने काम संस्थाको तर्फबाट भैरहेको उनले बताए ।

पर्यटन

वडा नम्वर १२मा पर्यटन र शैक्षिक गन्तव्यसँग जोड्नको लागि वन विज्ञान पढाइको तयारी गरिएको छ । जसको लागि वडा मै वोटानिकल गार्डेन निर्माण चरणमा छ । करिव २६ विगाहा क्षेत्रफलमा फैलिएको वोटानिकल गार्डेन निर्माण हुदै छ । जसको लागि डिपिआर तयार समेत भैसकेको छ । प्रदेश सरकारले लगानीमा त्यो काम सम्पन्न गरिने छ ।

यस्तै वडा भित्र रहेको बारकुने ताल र मन्दिर, ज्यामिरे दह, मौलाकोटलाई पनि पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । जसको लागि तीन वटै क्षेत्रको संयुक्त गुरु योजना निर्माण गरिने वडाले जनाएको छ । यी क्षेत्रहरुको विकासको लागि प्रदेश सरकार, घोराही नगर र विभिन्न संघसस्थाले समेत चासो दिएको वडाले जनाएको छ ।

आगामी योजना

वडा नम्वर १३ अहिले विकट क्षेत्र भएको हुदाँ आगामी योजनामा पनि बाटो, घाटो, पुलपुलेसा, सिचाई, खानेपानीको विस्तार, जनचेतना र सीपमुलक काममा बढी समय खर्चिने वडाले जनाएको छ । त्यसमा पनि चालु आर्थिक बर्ष भित्र खानेपानीको सहज पँहुचको लागि दुई वटा डिप बोरिङ निर्माणको काम गरिने । जनताबाट धेरै ड्याम बनाउने माग आइरहेका हुदाँ यसैलाई प्राथमिकतामा राखिने वडाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *