चेम्बर अफ कमर्सको नेतृत्वमा मञ्जु बज्राचार्य

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही चेम्बर अफ कमर्सको नेतृत्वमा मञ्जु बज्राचार्य चयन भएकी छिन् ।
चेम्बरको शनिबार विधिवत रूपमा सम्पन्न प्रथम पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रमबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिले पूर्णता पाएको हो ।
चेम्बरका घोराही उपमहानगरपालिकाका अध्यक्ष मञ्जु बज्राचार्यको अध्यक्षता एवम् नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मल्लले सरकारको कर प्रणालीले व्यवसायीहरू मारमा परेको बताए । उनले व्यावसायिक एकता नै चेम्बरको प्राथमिकता रहेको भन्दै जिल्लाका व्यवसायीहरूलाई एकसाथ अगाडि बढ्न अनुरोध गरे ।

कार्यक्रममा चेम्बर अफ कमर्स कर्णालीका महासचिव प्रकाश वली, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, काग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, जीपी फाउण्डेशनका जिल्ला संयोजक खगराज पाण्डे, राप्रपा संयुक्तका त्रिभुवन थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक देबेन्द्रकुमार मल्ल, जनमोर्चामा नगर अध्यक्ष हरि खरेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष ओविन्द्रबहादुर महरा, तुलसीपुर चेम्बर अध्यक्ष टोपबहादुर घर्तीले शुभकामना मन्तव्य व्यक्त गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, विपी विचार समाजका सचिव रूपलाल बस्नेत, दाङका घोराही खानेपानी तथा सरसपरफाई उपभोक्ता संस्थाका उपाध्यक्ष भरत पाण्डे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका उपाध्यक्ष काशीराम केसी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष गुरूप्रसाद कँडेल, नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावत, घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष प्रदिप मज्गैया, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरी, त्रिभुवननगर जेसीजका अध्यक्ष बसन्तराज अधिकारी, दाङ महिला जेसीजकी अध्यक्ष रेखा शर्मा, लायन्स क्लब घोराही सिटीका अध्यक्ष भरतराज देवकोटा, शीशा नेपालकी अध्यक्ष साजिदा सिद्धिकीले शुभकामना व्यक्त गरेका थिए ।

नवगठित कार्यसमितिमा अध्यक्ष मञ्जु बज्राचार्य, उपाध्यक्ष दुर्लभ केसी तथा शरद खनाल, महासचिव विमल श्रेष्ठ, सचिव राजीव उल्लाह खान, कोषाध्यक्ष विपिन श्रेष्ठ, सहसचिव लक्ष्मी गिरी थापालगायत १९ सदस्यीय रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रम संयोजक एवम् उपाध्यक्ष शरद खनाल स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा उपाध्यक्ष दुर्लभ केसीले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण सचिव बिमल श्रेष्ठले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *