देशभर महामारीको रुप लिँदै डेंगु, सजग रहन चिकित्सककाे सल्लाह

वैशाखमा पहिलो पटक सुनसरीको धरानमा देखिएको डेंगु अहिले देशभर महामारीको रुपमा देखापरेको छ । पछिल्लो समयसम्म डेंगुको संक्रमण ४२ जिल्लामा फैलिसकेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठमाडौं उपत्यकामा समेत डेंगुको महामारी देखिएको छ । नेपालको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जना चिकित्सक, तीन जना नर्स, तीनजना कार्यालय सहयोगी, पारामेडिक्स सहित ११ जनालाई डेंगुको सक्रमण भइसकेको छ ।
अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौंमा डेंगु भयावह रुपमा देखा परीसकेको जानकारी दिदै सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताउनुभयो । दुईजना डाक्टर सहित नर्स, पारामेडिक्स र कार्यालय सहयोगीसम्मलाई डेंगुको संक्रमण भइरहेको जानकारी दिदै पाण्डेले थप्नुभयो,“ती मध्ये एकजना डाक्टर काममा फर्कन थालिसक्नुभयो ,–अर्का एकजना भने उपचारपछि घरमै आराम गरेर बस्नुभएको छ ।”
नर्स, पारामेडिक्स लगायतको टेकु अस्पतालमै उपचार भइरहेको छ । निर्देशक डा. पाण्डेले अस्पतालमा काम गर्ने चिकित्सक , नर्स र पारामेडिक्स लगायतलाई डेंगु भएकोले सर्वसाधरणको उपचारमा समेत बाधा पुगेको छ । पहिलेदेखि नै टेकु अस्पतालमा जनशक्ति कम भइरहेको थियो, निर्देशक डा.पाण्डेले भन्नुभयो,“११ जनालाई डेंगु भइसकेपछि उपचार गर्न समस्या परीरहेको छ ।” डेंगुको महामारी देशभरी भइरहेको अवस्थामा टेकु अस्पतालमा दैनिक पाँचसयदेखि एकहजारसम्म बिरामीहरु डेंगुको आशंकामा आउन थालेको डा. पाण्डेको भनाइ छ । मंगलबार डेंगु परिक्षण गरिएका अधिकांशमा डेंगु पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ । सरुवा रोग अस्पतालका ल्याव प्रमुख परमानन्द भण्डारीले मंगलबार डेंगु परिक्षण गरिएका अधिकांश व्यक्ति डेंगु पोजेटिभ देखिएको जानकारी दिनुभयो । उहाँले बुधबार पनि २४७ जनाको डेंगु परीक्षण गरिएको जानकारी दिदै त्यसको रिपोर्ट बिहीबारमात्र आउने बताउनुभयो । डेंगु संक्रमित अधिकांश काठमाडौँ उपत्यकाका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर्ने अभियान अघि सारिएको छ । उक्त अभियान ८५ वटा स्थानीय तहमा सञ्चालन गरिएको छ । तर पनि पनि नियन्त्रण हुन सकेको छैन ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालले डेंगुको प्रकोप बढीरहेको भन्दै यसलाई नियन्त्रण व्यक्तिको घर–घरबाट हुनुपर्नेमा जोड दिनुभयो । घर वरिपरी सफा राख्नुपर्ने, गमला , भाँडाकुडामा पानी जम्मा गरेर राख्न नहुने, प्रयोगका लागि राखिएको पानी नष्ट गर्नुपर्ने भन्दै उहाँले थोरै जमेको पानीमा पनि डेंगुको लार्भा हुने भएकोले सचेत हुनुपर्ने बताउनुभयो ।
डेंगु रोकथामको लागि सरकारले ध्यान दिइरहेको भन्दै उहाँले सरकारले मात्र डेंगु नियन्त्रण गर्न कठिनाइ हुने भएकोले घरमा व्यक्ति आफैले सफा गर्नुपर्ने बताउनुभयो । गर्मी बढी हुने तराईका जिल्लामा देखिएको एडिस एजिपटाइप जातको पोथी लामखुट्टे अहिले काठमाडौं र अन्य पहाडी जिल्लाहरुमा प्रशस्त मात्रामा देखिएकोले डेंगुले महामारी लिएको हो ।
टेकु अस्पतालका सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनले २० देखि ३० डिग्री तापक्रममा एडिस जातको लामखुट्टे रहने भएकोले बर्खायाम भरी डेंगुको सन्त्रास फैलिरहने बताउनुभयो ।
सफा पानीमा बस्ने पोथी जातको लामखुट्टेले टोकेपछि अप्रत्यासिक ज्वरो आउने , शरिरमा रगतको मात्रा कमी हुने जस्ता लक्षण देखा पर्दछन् ।
मानिसको घरमा रहेको सफा पानी, गमला, टाएर मर्मत केन्द्र, एयर कन्डिसन जस्ता स्थानमा एडिस प्रजातिको लामखुट्टे बस्ने भएकोले सर्वसाधरणले यस्ता ठाँउमा लामखुट्टे आँउछकी भनेर सचेत रहनुपर्ने डा. पुनको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले लामखुट्टेको वासस्थान खोज गरी लार्भा नष्ट गर्नका लागि खोज तथा नष्टगर कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले डेंगुरोग नियन्त्रण र रोकथामका सम्बन्धमा स्वाथ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगायत सरोकारवालाहरुलाई अभिमुखिकरण समेत दिइरहेको बताउनुभयो ।
लक्षणहरु
डेंगु ज्वरोको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५÷७ दिनसम्म रहन सक्छ । यसबाहेक टाउको दुख्ने , आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ,शरीरमा विमिरा आउने गर्दछ । वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत जम्ने लगायतका लक्षण देखापर्दछन् ।

copy by gorkhapatra online

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *