अब गाउँमा सरकारको सिंहदरबार, विप्लवको ‘जनसरकार’

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिकास पराजुली

Blog Post Ad Blog Post Ad Blog Post Ad

बुटवल, १९ भदाै | प्रदेश ५ का ग्रामीण क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले धमाधम ‘जनसरकार’ गठन गरिरहेको छ । कपिलवस्तु, दाङ र रुकुमपूर्वलगायतका जिल्लामा सो समूहले ‘जनसरकार’ खडा गरेको हो । प्रहरीले पनि विप्लव नेतृत्वको नेकपाको आधार इलाका प्रदेश ५ का यीनै जिल्लालाई मानेको छ ।

जनसरकारको निशानामा जनप्रतिनिधि

‘जनसरकार’ बनाएसँगै विप्लव समूहले चन्दा असुलीका गतिविधि पनि बढाएको उक्त क्षेत्रका जनप्रतिनिधिहरुले बताएका छन् । ‘जनसरकार’का उर्दी र चन्दाको मुख्य निशाना नै हामी बनेका छौं,’ कपिलवस्तुको एक स्थानीय तहका जनप्रतिनिधि भन्छन्, ‘उनीहरुले अधिकांश स्थानीय तहमा सहयोगराशि माग्दै पत्र पठाएका छन् ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

ती जनप्रतिनिधिका अनुसार पत्रसँगै विप्लवका कार्यकर्ताले चन्दा नदिए कारबाही गर्ने चेतावनीसमेत दिने गरेका छन् । ‘तर हामी यसबारे खुलेर प्रतिवाद गर्न सकिरहेका छैनौं,’ ती उनले भने, ‘जनधनको चिन्ताका कारण हामी निरीह बनेर बस्नुपरेको छ ।’

चन्दा नदिएको भन्दै विप्लवका कार्यकर्ताले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरी, प्युठानको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकाया र पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई कालोमोसो दलेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्युठान जिल्लाका नौ वटै स्थानीय तहमा विप्लवले सहयोगका लागि पत्र पठाएको स्रोतको दाबी छ । एक साता अघिमात्रै दाङको बंगलाचुली गाउँपालिका र कपिलवस्तुको मायादेवी गाउँपालिकाको गाडीमा आगजनी भयो । ती सबै घटना विप्लव समूहलाई चन्दा नदिएकै कारण भएको जनप्रतिनिधिहरु बताउँछन् ।

वडा कार्यालय तथा सवारी साधनमाथि नै आक्रमण हुन थालेपछि स्थानीय तहका जनप्रतिनिधि त्रसित भएका छन् । प्रदेश ५ का रोल्पा, बर्दिया, दाङ, कपिलवस्तुमा वडा कार्यालय र गाडीमा क्षति पुर्याउने काम विप्लव समूहका कार्यकर्ताले गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश ५ मा छ महिनाको बीचमा ६ वटा गाडीमा आगजनी गरिएको छ । एउटा वडा कार्यालयमा आगजनी र प्रदेश सांसदको घरमा विस्फोट गराइएको छ । अन्य थुप्रै कार्यालयमा बम भेटिएका छन् ।

मूलधारमा आउन आग्रह

दुई दशकपछि गठन भइ काम गरिरहेका स्थानीय तहलाई अस्तव्यस्त बनाउने गरी गतिविधि नगर्न सत्तारुढ नेकपाका नेताहरुले विप्लव समूहलाई आग्रह गर्दै आएका छन् । ‘बम गोली पड्काएर अब देशमा शान्ति, समृद्धि हुँदैन, त्यसैले विप्लवले मूलधारको राजनीतिमा आउनुपर्छ,’ नेकपाका प्रदेश सांसद विष्णु पन्थीले भने ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर, विप्लव समूहले भने जनताको हितमा काम नगर्ने जनप्रतिनिधिलाई मात्रै ‘कारबाही’ गरिएको दाबी गरेको छ । ‘राम्रोसँग काम गर्ने जनप्रतिनिधिलाई हाम्रो पार्टीले कतै दुःख दिएको छैन,’ विप्लव नेकपाका एक नेताले भने, ‘जो भ्रष्ट छ, जसले जनतालाई दुःख दिईरहेको छ, कमाउ धन्दामा लागेको छ, पदको दुरुपयोग गरेको छ, त्यस्तालाई पार्टीले कारबाही गर्छ, सुधार्छ ।’

ठेकेदारदेखि शिक्षकसम्मको गुनासो

जनप्रतिनिधिमात्रै नभएर सत्तारुढ पार्टीका नेताले पनि आफूहरु विप्लव समूहको निशानामा परेको गुनासो गरेका छन् । गत शुक्रबार मात्रै नेकपा प्रदेश ५ का सचेतक भूमिश्वर ढकालको घरमा बम आक्रमण भएको थियो ।

यस्तै ठेकेदार, शिक्षक, प्रधानाध्यापकसँग पनि विप्लव समूहले चन्दा असुलिरहेको बताइन्छ । गत वर्ष रोल्पाका तत्कालीन नेकपा माओवादी केन्द्र निकट प्राध्यानाध्यापकहरुसँग समूहले प्रतिव्यक्ति पाँच लाख रुपैयाँ चन्दा मागेपछि भागाभाग भएको थियो । त्यो क्रम अहिले पनि नरोकिएको शिक्षकहरु बताउँछन् ।

आमनागरिकमा त्रास

यी घटनाले स्थानीयसमेत त्रसित छन् । विप्लवलाई मूलधारमा ल्याउनका लागि सरकार लचिलो हुनुपर्ने तर्क मानवअधिकारवादीहरुको छ । दुबैतर्फको अहमताले नागरिकहरु मारमा पर्ने भन्दै यस्ता गतिविधि रोक्नुपर्ने उनीहरुको माग छ । ‘राज्य लचिलो बन्नुपर्छ भन्ने विप्लव पनि सहमतिबाटै आफ्नो राजनीतिक मुद्दा लिएर जनतामा जानुपर्छ,’ मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले भने, ‘यसो गरेमा मात्र जनताले उसका कुरा पत्याउँछन् ।’

१ सय २० कार्यकर्ता पक्राउ

प्रहरीले प्रदेश ५ मा १ सय २० भन्दा बढी विप्लपका कार्यकर्तालाई पक्राउ गरेको छ । तीमध्ये करिब २५ जना जेल चलान भइसकेका छन् । प्रहरीले छिटफुट गतिविधिबाट त्रसित नहुन आग्रह गरेको छ ।

प्रदेश ५ का छ वटा जिल्लामा विप्लवको बलियो पकड छ । कपिलवस्तु, रोल्पा, दाङ र रुकुममा संगठन र जनसरकाअभ्यास समेत गरिएका छन् ।

निगरानी बढाएका छौं– प्रहरी

जनप्रतिनिधिसँगै प्रदेश सांसदका सवारी साधनमा विप्लव समूहले आगजनी गर्न थालेपछि थप सुरक्षा सतर्कता अपनाएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । स्थानीय तहमा हुने ‘चन्दा आतंक’का घटना प्रहरीसम्म नआएको भए पनि त्यस्ता विषयलाई सुक्ष्म ढंगले नियालिरहेको प्रदेश प्रमुख सुरेन्द्र विक्रम शाहले बताए ।

२८ फागुन २०७५ मा सरकारले ‘विप्लव’ नेतृत्वको नेकपालाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएपछि विप्लव समूहले पनि आफ्नो गतिविधि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *