किसानलाई कृषि सामाग्री हस्तान्तरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

कृषि उत्पादन बृद्धि गर्नका लागि जमिनको खडिकरण गरेर खेतियोग्य जमिनलाई प्लटिङ गरेर गिट्टी बिछाउने कार्यलाई सरकारी तवरबाटै रोक्ने निती निर्माण हुुदै गरेको प्रदेश नं. ५ का सांसद इन्द्रजित थारुले बताए । प्रदेश नं. ५ सरकारको अनुुदान र राजधानी बहुुउद्देश्यिय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा बुधवार देउखुुरीको गढवामा आयोजित कृषि उपकरण हस्तान्तरण कार्यक्रममा सांसद थारुले यस्तो बताएका हुन् ।

नेपाल सरकारले भूू–उपयोगको निती ल्याउदै गरेको औंल्याउदै सांसद थारुले अबका दिनमा सरकारी तबरबाट कृषि क्षेत्रलाई प्राथमिकता दिने थुुप्रै कार्यक्रम ल्याउदै गरेको बताए । किसानहरुका कृषि उत्पादनलाई बजारीकरण ब्यवस्थित गर्न सरकारका निकायहरुसंग समन्वय र सहकार्य गरेर कामगर्न सकेमा प्रसस्तै सपोर्ट गर्न सकिने सांसद थारुले कार्यक्रमका सहभागि तथा आयोजकलाई विश्वस्त पारे । कृषि सहकारीहरुले कृषि उत्पादनका सामाग्रीलाई बजारीकरणमा सहयोग पुुग्ने ढंगले कृषि महोत्सवहरुको आयोजना गर्न पनि सांसद थारुले सुुझाव दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा सांसद थारुले प्रदेश नं. ५ सरकारले ५० र ७५ प्रतिशत अनुुदानमा उपलब्ध गराएका कृषि उपकरणहरु हस्तान्तरण गरे । जसमध्ये गोरक्ष कृषक समुुह र अवधीग्राम कृषक समूहलाई एक एक थान थे्रसर तथा रामजानकी कृषक समुुहलाई १ थान पावर ट्रिलर हस्तान्तरण गरिएको थियो । यसअघि न्यूराप्ती तरकारी कृषक समुुहलाई २ थान पावर ट्रिलर हस्तान्तरण गरिएको संस्थाका गढवा व्यवस्थापक ओमप्रकास चौधरीले जानकारी दिए ।

राजधानी सहकारीले सरकारका बिभिन्न निकायसंग समन्वय गरी पहिलो र दोश्रो चरणमा गढवा क्षेत्रमा कृषि बजारका लागि खुुल्ला ट्रष्ट र शितभण्डार निर्माण गरेको छ भने कृषक समुुहहरुलाई १० थान पावर ट्रिलर, १० थान स्यालो ट्युुवेल, १२ हजार ७ सय मिटर सिंचाई पाइप, १ हजार ७ सय किलो डेलिभरी पाइप,५ सय ३७ केजि पार्डेन पाइप, पोलि आइरन टनेल १ सेट, बाँसका टनेल ५ सेट, पम्पिङ कलर ४ सय २७ थान र स्प्रेटंकी ७९ थान कृषि सामाग्री वितरण गरेको कार्यक्रममा जानकारी गराइएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी तेश्रो चरणमा १३ थान स्यालो ट्युुवेल, डिजिटल तराजुु २ थान, बोरा सिलाउने मसिन २ थान, ठेलागाडी ३ थान, प्लाष्टिक क्यारेट ५ सय थान, जुट बोरा थान १ सय र हर्डिङबोर्ड १ किसानहरुलाई उपलब्ध गराएको बताइएको छ भने आइरन टनेल ३,बाँस टनेल १९, गे्रडीङ मसिन १, गोठमा सोलार जडान १, गोदाममा ३ थान एयरण्डिसन जडान गर्ने कार्य सम्पन्न गरिसकेको अध्यक्ष पुुर्णबहादुुर वलीले बताए ।

राजधानी बहुुउद्देश्यिय सहकारी संस्था मुुख्य कार्यालय घोराहीका अध्यक्ष पुुर्ण बहादुुर वलीको अध्यक्षता र सांसद थारुको प्रमुुख आतिथ्यमा भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, नेपाल कम्युुनिष्ट पार्टी(नेकपा) दाङ क्षेत्रनं.१ क का संयोजक रामप्रसाद गैरे, पत्रकार दुखहरण यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा राजधानी सहकारी संस्थाले गढवामा निर्माण गरेको शितभण्डारको समेत अतिथीहरले अबलोकन गरेका थिए । कैलाश चौधरीको स्वागत मन्तब्यबाट सुुरु भएको कार्यक्रमको संचालन कृष्ण खनालले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *