एटीएम ह्याक भएपछि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई आग्रह गरेको छ ।
नेप्सले आफ्नो सिस्टमले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको दाबी गर्दै विश्वसनीयता र सुरक्षामा शंका नगर्न आग्रह समेत गरेको छ ।
हृयाकिङ्ग प्रकरणले निक्षेपकर्ताको खातामा रहेको रकममा कुनै असर नपरेको नेप्सले प्रष्ट पारेको छ