प्रशोधन केन्द्र नहुँदा सस्तो मूल्यमा बाहिरिँदै तीन हजार क्विन्टल जडीबुटी

दाङ, १८ भदौ । जिल्लामा जडीबुटी व्यवसायको प्रशस्त सम्भावना भए पनि त्यसका लागि सरकारले कुनै पहल गरेको छैन । तुलसीपुर उपमहानगरपालिकामा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको प्राचीन आयुर्वेदका अस्पताल तथा आयुर्वेदमा स्‍नातक तहको पढाइ र उत्पादन हुने गरेको छ, तर प्रशोधनको व्यवस्थापनमा कसैले पनि चासो दिएका छैनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राज्यका तर्फबाट जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रका लागि पहल नहुँदा बर्सेनि क्विन्टलका दरले जडीबुटीजन्य पदार्थ बाहिरिने गरेको छ । दाङबाट बाहिरिएका जडीबुटीबाट प्रशोधित औषधि बनेर नेपाल भित्रिने र महँगोमा किन्न बाध्य भएका छन् । जिल्लामा स्थानीयदेखि केन्द्र सरकारले जडीबुटीलाई महत्व  नदिएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वार्षिक तीन हजार क्विन्टल जडीबुटी बाहिरिँदै 
जिल्लामा जडीबुटी प्रशोधन केन्द्र नहुँदा सामुदायिक र निजी वनबाट उत्पादन भएका कम्तीमा वार्षिक तीन हजार क्विन्टल जडीबुटी बाहिर जाने गरेको छ । दाङबाट गत वर्ष करिब तीन हजार क्विन्टल बढी विभिन्‍न प्रजातिका जडीबुटी जिल्लाबाहिर निकासी भएका छन् । डिभिजन वन कार्यालय दाङका अनुसार आर्थिक वर्ष ०७५/७६ मा तीन हजार ६९ क्विन्टल विभिन्‍न प्रजातिका जडीबुटी जिल्लाबाट निकासी भएको छ । डिभिजन वन कार्यालय घोराहीका अनुसार एक वर्षमा राष्ट्रिय वनबाट ६६ हजार एक सय ८५ दशमलव ५० किलोग्राम र निजी वन क्षेत्रबाट दुई लाख ४० हजार आठ सय ११ किलोग्राम जडीबुटी जिल्लाबाहिर निकासी भएको छ । जसमा सबैभन्दा धेरै टिमुर छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निजी वन क्षेत्रबाट ७६ हजार ६ सय किलोग्राम र राष्ट्रिय वनबाट १५ हजार किलो गरी जम्मा ९१ हजार ६ सय किलोग्राम टिमुर जिल्लाबाहिर निकासी भएको डिभिजन वन कार्यालय घोराहीका माधव तिमिल्सिनाले बताए । प्रशोधन केन्द्र स्थापना गर्न सके प्रशोधित औषधिमार्फत जिल्लामा आर्थिक उपार्जनमा ठूलो योगदान पुग्ने बताए । ‘अहिले सस्तो मूल्यमा धेरैजसो प्रशोधन नभएका जडीबुटी भारत जाने गरेको छ,’ उनले भने ‘जिल्लामा प्रशोधन केन्द्र स्थापना हुन सके सस्तो मूल्यमा जडीबुटी बाहिर निकासी गर्नुपर्ने अवस्था रोकिन्थ्यो । राज्य र व्यक्ति दुवैतर्फ आर्थिक विकासमा टेवा पुग्ने थियो ।’

बर्सेनि बढ्दै निकासी 
अघिल्लो आर्थिक वर्ष ०७४/७५ को तुलनामा यो वर्ष दोब्बर जडीबुटी जिल्ला बाहिर निकासी भएको छ । आर्थिक वर्ष ०७४/७५ मा राष्ट्रिय वनबाट १७ हजार चार सय ५४ केजी जडीबुटी जिल्ला बाहिर गएको थियो । जसबाट एक लाख २८ हजार २८ रुपैयाँ राजस्व संकलन भएको थियो । यसरी जिल्ला बाहिर नेपालगन्ज, बुटवल, भैरहवा, काठमाडौ‌ं लगायतका क्षेत्रमा बहुमूल्य जडीबुटी निकासी हुने गरेको छ । सरकारले राष्ट्रिय वनबाट संकलित जडीबुटीको राजस्व लिने गरेको छ भने निजी क्षेत्रबाट गरिएको जडीबुटीको कर लिने गरेको छैन । यस विषयमा स्पष्ट कानुन नहुँदा निजी वनबाट निकासी हुने जडीबुटीको राजस्व नलिएको तिमल्सिनाले बताए । सं‍कलित जडीबुटीबाट दुई लाख १२ हजार रुपैयाँ सं‍कलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । सरकारले राष्ट्रिय वनबाट सं‍कलित जडीबुटीको राजस्व लिने गरेको छ भने निजी क्षेत्रबाट गरिएको जडीबुटीको कर लिने गरेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तीन स्थानमा बढी सम्भावना
दाङको बंगलाचुली गाउँपालिकालाई जटिबुटीको विशेष क्षेत्र मानिन्छ । घोराही, तुलसीपुर उपमहानगरपालिकालगायतका पहाडी क्षेत्रमा समेत जडीबुटी उत्पादन हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको छिल्लिकोटमा सुगन्धको किलालगायत हर्रो, बर्रो, अमला, टिमुर, सोमेलगायतका महत्वपूर्ण जडीबुटी उत्पादन हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जडीबुटी खेतीलाई स्थानीयस्तरमै महत्व दिने बताए । उनले नेपाल संस्कृत विश्वविद्यालयसँग सहकार्य भइरहेको बताए । यी स्थानमा मुख्य गरी हर्रो, बर्रो, अमला, टिमुर, तेजपता, लालगेडी रिट्टालगायतका बहुमूल्य जडीबुटी उत्पादन हुने गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *