पत्रकार बन्न परीक्षा दिनुपर्ने, कानुनमै योग्यता तोक्न संसोधन दर्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १७ भदौ । कानुनमै पत्रकारको योग्यता तोक्न सांसदले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । नेकपाका १४ जना राष्ट्रियसभा सांसद्ले संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुको परीक्षा लिनुपर्ने उल्लेख छ । ‘पत्रकारिता व्यवसायी परीक्षा’ भनिने यस्तो परीक्षा मिडिया काउन्सिल अन्तर्गतको परीक्षा समितिले लिनेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

काउन्सिलले वर्षमा दुईपटक पत्रकारिता पेशामा प्रवेश गर्नका लागि परीक्षा सञ्चालन गर्ने र त्यसका लागि पाठ्यक्रम पनि काउन्सिलले नै तयार गर्ने संशोधन प्रस्तावमा उल्लेख छ । पत्रकार बन्ने व्यक्तिले मौखिक र लिखित दुवै परीक्षा दिनुपर्ने संशोधनमा उल्लेख गरिएको सांसद ठगेन्द्र प्रसाद पुरीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समाचार लेखेकै कारण कसैको प्रतिष्ठामा आँच पुगेको ठहर भएमा पत्रकार वा सञ्चार गृहले अब १० लाख रुपैंयासम्म जरिमाना भर्नु नपर्ने भएको छ । पीडितलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म क्षतिपूर्ति भराउने व्यवस्थासहित सरकारले राष्ट्रियसभामा पेश गरेको मिडिया काउन्सिल विधेयकको दफा सत्तारुढ नेकपाकै तर्फबाट हटाउने गरी संशोधन दर्ता भएपछि जरिमानाको व्यवस्था हट्ने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *