हुन्डाईको भेन्यू गाडी दाङमा

दाङ, भदौ ५ । हुन्डाई कम्पनीको भेन्यु गाडी दाङमा सार्वजनिक गरिएको छ । हुन्डाई गाडीको दाङका लागि आधिकारिक बिक्रेता न्यू राईडर अटो वल्र्ड प्राली घोराहीले बहुप्रतिक्षित गाडी भेन्यु एक समारोहका बीच सार्वजनिक गरेको हो । हुन्डाई भेन्यु तीन भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने कम्पनीका म्यानेजर बिष्णु केसीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराहीमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन र प्रालीका सञ्चालक सुरज शाक्यले गाडीको उद्घाटन गर्नुभएको हो । गाडी १.२ लिटर पेट्रोल इन्जिन कपमा डुअल भिटिभिटी टेक्नोलोजीको ८३ पीआर र ६००० आरपीएमको सर्वाधिक पावर १.४ लिटर डिजल इन्जिन हुने प्रालीले जानकारी दिएको छ ।

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा हुन्डाई भेन्युले बजारमा आफ्नो दह्रो उपस्थिति जनाउने निश्चित भएको बताउदै म्यानेजर केसीले यो गाडीलाई दाङमा पनि सर्वा्िधक रुचाइने बिश्वास ब्यक्त गर्नुभयो । यो गाडी स्मार्ट तथा आकर्षक क्रोम युक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेलले सुसज्जित भएकाले पनि यो गाडी आम उपभोक्ताले रुचाउने बिश्वास कम्पनीको भएको म्यानेजर केसीको भनाइ थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गाडीमा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको पनि छ भने यसले उत्कृष्ट तथा आरामदायी यात्राका लागि बिश्वाशिलो हुने छ । सुन्दर तथा आकर्षक मोडेलको उक्त गाडी कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले नेपाल भर रु ३४९६००० मा उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *