उद्घाटन खेलमा नवलपरासी विजयी

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोपगताको उद्घाटन खेलमा नवलपरासीले विजयी शुरुआत गरेको छ । उद्घाटन खेलमा आयोजक जिल्ला दाङलाई ३–० गोलअन्तरले पराजित गर्दै नवलपरासीले उत्कृष्ट शुरुआत गरेको छ ।


आजको खेलमा रुपन्देहीको सुरज आले मगरले ३ गोल गर्दै ह्याट्रिक गरेका छन् । जर्सी नम्बर ११ का उनले खेलको पहिलो हाफको ६ मिनेमा कर्नरबाट आएको बललाई हेडमार्फत गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३०औं मिनेट दोश्रो गोल गर्दै दाघसँगको अग्रता दोब्बर बनाए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


दोश्रो हाफको ८८औं मिनेटमा अर्को एक गोल थप्दै सुरज आले मगरले ह्याट्रिकसहित टीमलाई ३–०को सहज जीत दिलाए । दाङको तर्फबाट रुपन्देहीको पोष्टमा गरिएको प्रहार सफल हुन सकेन ।

अव लिगको दोश्रो दिन भोलि शुक्रबार २ वटा खेल हुने भएको छ । प्रतियोगिता अन्तर्गत भोलिको दोश्रो खेलमा भोलि बिहान साढे सात बजे रोल्पा र बर्दिया बीच खेल हुने भएको छ भने अपरान्ह साढे ४ बजे बाँके र रुपन्देही बीच खेल हुने लिग संचालक समिति संयोजक भुपेन्द्र बिक्रम थापा पुकारले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *