वनको जग्गामा व्यक्तिको पसल

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

दाङको लमहीमा वनको (सरकारी) जग्गा अतिक्रमण गरि टहरा लगाएर ठेला व्यपारीहरुलाई राखिएको छ । देउखुरी उद्योग बाण्ज्यि संघ लमहीले विभिन्न ठेला, फलफुल जुत्ता र चुराटिकुली लगाएतका अन्य ठेला व्यापारीहरुलाई डिभिजन वन कार्यालय देउखुरीको दुई कठ्ठा सत्र धुर (सरकारी) जग्गा अतिक्रमण तथा कुनै वनसंग कुनैपनि समन्वय नगरी ठेला व्यपारीहरुलाई राखेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पूर्वपश्चिम राजमार्ग छेवैमा रहेको डिभिजन वन कार्यालय देउखुरीको दुई कठ्ठा सत्र धुर सरकारी जग्गा अतिक्रमण गरि विभिन्न टहरा बनाई घुम्ती पसलहरुको नाममा ठेला व्यापारीहरु पसलहरु संचालन गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

(सरकारी) जग्गा अतिक्रमण गर्दै आएका व्यापारीहरुलाई अतिक्रमण गरेपछि स्थानीय प्रशासनको सहयोगमा डिभिजन वन कार्यालय देउखुरीले अतिक्रमित क्षेत्र खाली गर्ने योजना बनाएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख शंकरप्रसाद गुप्ताले जानकारी दिनुभयो । वनसंगले कुनै समन्वय नगरी देउखुरी उद्योग बाणिज्य संघ लमहीले आफुखुसि गरेर वनको सरकारी जग्गामा ठेला व्यापारीहरुलाई बसालेको प्रमुख गुप्ताले बताउनुभयो ।

गुप्ताले भन्नुभयो,–। हामीसंग कुनै समन्वय छैन । देउखुरी उद्योग बाणिज्य संघ लमहीले वनको सरकारी जग्गामा ठेला व्यापारीहरुलाई व्यापार संचालन गर्न अनुमति दिएपनि हामीले हामीसंग कुनै सहकार्य गरेको छैन, । प्रमुख गुप्तटाले भन्नुभयो,–। वनको सरकारी जग्गामा घर बनाउन थालियो भने, त्यहीबेला समातेर कानुनी बमोजिम कार्बा्हि गर्छौ, । तर, यसरी सरकारी जग्गामा हडपेर टहरा हालेर बस्न मिल्दैन, प्रमुख गुप्ताले भन्नुभयो,–। हामीले उक्त जग्गामा कार्यालयको लागि भवन निर्माण गर्ने योजना बनाएको छौँ, यसरी सरकारी जग्गामा रजाई गर्न मिल्दैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही नगरपालिका वडा नम्बर ५ निवासी सुपलाल सार्की २०६८ साल देखि उक्त सरकारी जग्गामा सानो टहरा बनाएर व्यापार संचालन गर्दै आउनु भएको बताउनुभयो । वनको सरकारी जग्गामा सार्कीले तिलक छाला जुत्ता पसल संचालनमा ल्याउनु भएको हो । पहिला पसल दर्ता थिएन, देउखरी उद्योग बाणिज्य संघमा पसल दर्ता गराई, देउखुरी उद्योग बाणिज्य संघले नै हामीलाई यही वनको जग्गामा बसालेको हो, यो स्थानमा बसाइँ गरेर व्यापार संचालन गरेदेखि भाडा पनि तिर्नु परेको छैन, व्यापरी सार्कीले बभन्नुभयो ।

यता देउखरी उद्योग बाणिज्य संघका माहा सचिव कमलजंगसिहं ठकुरीले बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्नको लागी खाली रहेको वनको जग्गामा अस्थाई रुपमा व्यवस्थित गराई ठेला व्यापारीहरुलाई बसालेको जानकारी दिनुभयो । राजमार्ग अन्र्तगत क्षेत्रको कबढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने योजनाका साथ हामीले पूर्वपश्चि राजमार्ग अन्र्तगत बजार क्षेत्रको बिचौ भागमा यतातत्र छरिएर व्यावसायि संचालन गर्दै ठेला व्यापारीहरुलाई वनको खाली जग्गामा राखिएको हो, माहा सचिव कमलजंगसिहं ठकुरीले,–।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पहिला सवारी दुर्घटना र सरसफाई न्यूनिकरण गर्नको लागी अल्कालीन रुपमा ठेला व्यापरीहरु लाई वनको जग्गामा राखेका हौँ, डिभिजन वन कार्यालय देउखुरीले जग्गा खाली गर्न सुचना जारी गरे उक्त जग्गामा व्यापर गर्दै आएका ठेला व्यापारीहरुलाई अन्य स्थानमा राखिने, माहा सचिव कमलजंगसिहं ठकुरीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *