दुर्घटना न्यूनिकरणमा सवैको हातेमालो आवश्यक


शरद रेग्मी
तुलसीपुर, ३ भदौ । सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवैले हातेमालो गर्नुपर्ने सहभागीहरुले बताएका छन् । रिपोर्टर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको सवारी दुघर्टना न्यूनिकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका सरोकारवालाहरुले सो कुरा बताएका हुन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरुले सवैले आ–आफनो क्षेत्रबाट सजकता अपनाय सवारी दुर्घटना न्यूनिकरण हुने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पछिल्लो समय यातायात व्यवसायीहरु प्रालिमा रुपान्तरण भैसकेको हुदा अझ बढी जिम्मेवार भयर यातायात व्यवस्थापनमा लाग्नु पर्ने बताए । प्रमुख अतिथि समेत रहेका रिजालले व्यवस्थीत तथा यात्रुमैत्री यातायात सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले चार्डपर्वमा हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न सवैले समयमै चासो देखाउनुपर्ने धारणा राखेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले दुर्घटना न्यूनिकरणका लागि सवै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले सडकको दुराअवस्था, समयमै सडक तथा पुलहरु निर्माण नभएका कारण नागरिकहरुले सास्ती खेप्नुपरेका बताएका थिए । पोख्रेलले सडकमा छाडा चौपाया, सडकमा हुने खाल्डाखुल्डी र अव्यस्थीत पार्किङका कारण थप चुनौति थपीएको भन्दै यसलाई व्यवस्थीत गर्ने स्थानीय सरकार जिम्मेवार हुनुपर्ने मा जोड दिए ।

उनले यस तर्फ सवैको ध्यान जानुपर्ने बताए । कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख प्रेमकुमार रेग्मीले ट्राफिक नियमको पालना सवैले गरे दुर्घटना न्यूनिकरण हुने बताए । उनले चार्डपर्वलाई लक्षीत गरि विभिन्न सुरक्षाका कार्याक्रमहरु सुरु गरेको बताए । त्यस्तै ट्राफिक नियम उल्घन गर्ने जो कोहिलाई पनि कडा कारवाही हुने उनको भनाई थियो । त्यस्तै त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले दुर्घटना न्यूनिकरण गर्न सवैको अहम भुमिका हुने भन्दै यात्रु मैत्री व्यवहार र सहज यातायात व्यवस्थापनका लागि आफुहरु लागि परेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


रिपोर्ट क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतमा भएको कार्यक्रममा वडा नं। ५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहले तुलसीपुर क्षेत्रको ट्राफिक व्यवस्थापनमा आफुहरुले ट्राफिक प्रहरी संग मिलेर यातायात व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताए ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाह, नागरिक समाजका सल्लाहकार टिकाराम रेग्मी, व्यवसायी केशव भण्डारी, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष नारायणी रजौरेलगायतले दुर्घटना न्यूनिकरण गर्न सवै पक्ष उतिकै जिम्मेवार भयर लाग्नु पर्ने बताए । कार्यक्रमको सहजिकरण रिपोर्टर्स क्लव दाङ महासचिव विमल गौतमले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *