असहाय खनाललाई भुपु विद्यार्थीद्धारा नगद सहयोग


ओमप्रकाशगुप्ता
लमही ३ भदौ । देउखुरी ५ लमही कान्छी रोडका अपाङग पिडित दिपक खनाललाई भुपु विद्यार्थीहरुले नगद सहयोग गरेका छन् । रोजी बड्स बालबाटिका बोडिङ स्कुल लमहीमा अध्ययन गरेका २०६० सालका एस.एल.सी व्याजका ८ जना भुपु विद्यार्थीहरुले नगद ४३ हजार १ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२०७४ साल पुस ११ गते लमही बजारमा भएको सडक दुर्घटनामा परी एउटा खुट्टा गुमाएका खनाललाई कृतिम खुट्टा हाल्नका लागि ८ जना विद्यार्थीले उक्त रकम सहयोग हस्तान्तरण गरेका हुन् । उनीहरुले मंगलवार पिडित खनालको घरमै पुगी पत्रकार सम्मेलन गरेर उक्त रकम सहयोग गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसमा जर्मनबाट सुरेश केसीले १२ हजार ६ सय, घोराहीका नारायण डाँगीबाट १० हजार, राप्ती दर्पण टेलिभिजन लमहीका सञ्चालक अरुण बिसीबाट १० हजार, लमहीका इन्जीनियर प्रशान्त जिसीबाट ५ हजार, काठमाण्डौँका दिपा शर्माबाट ३ हजार, काठमाण्डौबाट इन्जीनियर विक्रम आचार्यबाट २ हजार, प्युठानबाट इन्जीनयर शरद आचार्यबाट २ हजार र क्यानडाबाट आरतीवलीले १ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी पब्लिक स्कुल लमहीमा शिक्षक पेशामा रहेका खनालको गत २०७४ साल पुस ११ गते पुर्व पश्चिम राजमार्ग अन्र्तगतलमही कान्छी रोड नजिक उनी चढेको मोटरसाइकललाई भारतीय प्लेट नम्बरको गाडीले ठक्कर दिदा उनको खुट्टामा गहिरो चोट लागेको थियो । उपचारका क्रममा उनलाई दिल्ली अस्पतालमा डाक्टरले खुट्टा बचाउन नसक्ने बताए पछि अहिले उनी एउटा खुट्टको भरमा जिवन बिताइरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एउटा खुट्टाले आफुलाई निकै समस्या भएपछि कृतिम खुट्टा हाल्नका लागि सहयोगको हात जोडिरहेका छन् । कृतिम खुट्टा हाल्न ८ लाख भारतीय रुपैयाँ लाग्ने पिडित खनालले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *