१० हजार वढिले लिए नागरिकता


तुलसीपुर, ३ भदौ | ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट वितेको आर्थिक वर्षमा दश हजार बढिले नेपाली नागरिकता लिएका छन् । कार्यालयका अनुसार ७ हजार ३ सय ८३ जनाले नयाँ नागरिकता लिएका छन् भने २ हजार ९ सय ३५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै १ सय ३० जना नावालकलाई परिचय पत्र दिईएको छ । कार्यालयका निमित्त प्रमुख श्रीधर टण्डनले जानकारी दिएका छन् । यस्तै जातिय प्रमाणित ७ सय ९ र नामथर सच्याउने,जन्ममिति सच्याउने लगाएत अन्य सेवा सिफारिस लिनेको संख्या ५ सय १७ रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबिच ईलाका प्रशासन कार्यालय तुलसीपुरले राजस्व संकलनमा बृद्धि भएको जनाएको छ । वितेको दुई आर्थिक वर्षलाई तुलना गर्दा वितेको आर्थिक वर्षमा कार्यालयबाट १ करोड ८४ लाख ६० हजार ८ सय राजस्व संकलन भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै आर्थिक वर्ष ०७४÷०७५ मा १ करोड ७८ लाख १० हजार ४ सय २१ रुपैया राजस्व संकलन भएको कार्यालयले बताएको छ । राहदानी सेवा, हातहतियार नवीकरण, मादकपदार्थ सेवन विरुद्धको जरिवाना लगाएतका शिर्षकहरुबाट उक्त राजस्व संकलन भएको हो । सवै भन्दा वढि राहदानी सेवा बाटै हुने गरेको कार्यालयले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *