आठ हजार युवालाई राष्ट्रिय सेवा दलले तालिम दिने

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

राष्ट्रिय विकासको अभियानमा युवा वर्गलाई सहभागिता गराउने उद्देश्यले राष्ट्रिय सेवा दलले ७७ जिल्लाका करिब आठ हजार प्रशिक्षार्थीलाई तालिम दिन सुरु गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श लिएको सेवा दलले ७७ जिल्लाका संस्थागत विद्यालयमा अध्ययनरत छात्राछात्रमध्ये यस वर्ष सात हजार सातसय जनालाई तालिमका लागि छनौट गरेको छ । जुनियर डिभिजनमा कक्षा ८, ९ र १० मा अध्ययनरत र सिनियर डिभिजनमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले भाग लिन पाउँछन् ।


नेपाल सरकारको युवा विकास कार्यक्रमअन्तर्गत रक्षा मन्त्रालय, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको संयुक्त पहलमा राष्ट्रिय सेवा दलले यो तालिमको शुरुवात गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दलका महानिर्देशक उपरथि डा. रमिन्द्र क्षत्रीले उपत्यका काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रेका गरी कक्षा ११ र १२ का एक हजार ८० र कक्षा ८, ९ र १० का ५४० जना प्रशिक्षार्थी तालिममा सहभागी रहेको जानकारी दिनुभयो ।

महानिर्देशक डा. क्षत्रीका अनुसार, तालिममार्फत युवा जनशक्तिलाई अनुशासित, बफादार, ईमान्दार र जवाफदेही नेतृत्व दिन सक्ने देशभक्त नागरिक उत्पादन गर्ने लक्ष्य रहेको छ । उनीहरूले समाजमा राष्ट्रिय एकताको भावना जागृत गराउने र प्राकृतिक विपत्को जोखिममा परेकालाई उद्धार तथा राहतमा सहयोग गर्ने छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वि.सं. २०२२ देखि हालसम्म सिनियर डिभिजनतर्फ पाँच हजार ८९२ र जुनियर डिभिजनमा ३७ हजार ७४० जना गरी हालसम्म जम्मा ४३ हजार ६३२ जना प्रशिक्षार्थीले तालिम प्राप्त गरेको प्रमुख सेनानी महेश्वर कार्कीले दिनुभयो ।

नेपाल सरकारले यस आर्थिक वर्षमा ७७ वटै जिल्लाका २१२ विद्यालयका गरी सात हजार सात सयजना छात्रछात्रालाई तालिममा सहभागी गराउने व्यवस्था गरेको छ । प्रमुख सेनानी कार्कीले तालिमको लक्ष्य नै युवाहरूलाई अनुशासित बनाउने, उनीहरूमा ईमान्दारिता तथा बफदारिताको भावनाको विकास गराउने र युवामा राष्ट्रियताको भावना विकास गर्ने रहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रशिक्षार्थीलाई संस्थागत ७९ र सामूहिक २१ गरी जम्मा एक सय लिनको तालिम प्रदान गरिने छ । तालिम दिँदा विद्यार्थीको अध्ययनलाई प्रभाव नपर्ने गरी तोकिएका विद्यालयमै गएर तालिम प्रदान दिइएको छ ।
तालिममा रहँदा सिनियर डिभिजनका युवाले शारीरिक तालिम अन्तर्गत तेक्वान्दो पि.टी., एरोबिक्स, ड्रिल, सैनिककला, नक्सा अध्ययन, जीपीएस अध्ययन, हतियार तालिम तथा फायरिङ, साहसिक तालिम लिने छन् ।

राष्ट्रिय सेवा दलको तालिममा उत्कृष्ट भएका प्रशिक्षार्थी छनौट गरी भारत १५, बङ्गलादेश १२, श्रीलंका २०, सिंगापूरमा १०, भूटान १२, माल्दिप्स चार, पाकिस्तान १२ जनालाई युवा आदान प्रदान कार्यक्रममा सहभागी गराइने छ । दलले तालिममा सहभागीलाई चुस्ता, ट्रयाक सुट, डाङग्री बुठलगायतका एक दर्जन सामग्री निःशुल्क विवरण उपलब्ध गराएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबीच, काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मला शाक्यले ३६ (१८ छात्रा र १८ छात्र) जना विद्यार्थी सिनियर डिभिजनका लागि छनौट भएका र उनीहरूको आइतबारबाट तालिम सुरु भएको बताउनुभयो ।

तालिम सुरुवातका लागि आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रवरध्वज थापाले अनुशासित र मर्यादित भएर तालिम पूरा गर्न सहभागी विद्यार्थीलाई प्रोत्साहित गर्नुभयो । प्रमुख सेनानी महेश्वर कार्कीले तालिममा सहभागी हुनेहरूले पालना गर्नुपर्ने अनुशासन र दलबाट प्राप्त सहयोगका बारेमा जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *