ट्राफिक प्रहरी र दाङ उवासंघ विच परिचयात्मक

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संले भरखरै सरुवा भएर आएका जिल्ला ट्राफिक प्रमुख कार्यलयका प्रखुख प्रेमप्रसाद रेग्मी संग परिचयात्मक कार्यक्रम गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरि परिचयात्मक कार्यक्रम गरेको हो । कार्यक्रममा वोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीले वजार व्यवस्र्थीत तथा सभ्य वनाउन लागि पर्ने बताएका छन् । वजारमा रहेको अव्यवस्र्थीत वजारलाई सवैको सहयोगमा व्यवस्र्थीत वनाउन लागि पर्ने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अव्यवस्र्थीत पार्किङ, छाडा चौपालय, तथा अव्यवस्र्थीत रुपमा सडकमा गरिने व्यापारले समस्या भएको बताए । यस लाई वजार लाइ सभ्य वनाउन सकिने उनको भनाइ रहेको छ । अहिले छाडा पशु घपाउने ट्राफिकको डयुटि नै वनेको उनको भनाइ छ । सडकका पशुले गर्दा पनि दुर्घटना वढने समेत बताए । उनले दुर्घटना वढनुको एक कारण मादक पदार्थ पनि रहेको भन्दै यस लाई कडाइ गरिने बताए । मादक पदार्थ सेवन गरि सवारी चलाउने लाइ कडा कारवाही गरिने उनको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘मादक पदार्थ सेवन गरेका छोडिदिनु भनेर कसैले सिफारीस नगर्नु होस मैले छोडने छैन’ प्रमुख रिजालले भने । सचेतना अभियान ट्राफिक एक्लैले मात्र नभइ व्यवसायिहरुले पनि सहयोग गर्नु पर्ने बताए । विगतमा पनि व्यवसायिहरुले सहयोग गदै आएको भन्दै आउदा दिनमा पनि सहयोग रहने उनको भनाइ छ । कार्यक्रममा सहभागिहरुले सवारी साधनहरुले सिट क्षमता भन्दा वढी यात्रु राख्ने लाइ कारवाही गरिनु पर्ने, ओभर लोड वोक्नेहरु लाई कारवाही गरिनु पर्ने बताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी), संघका पुर्व अध्यक्ष रामदयाल गुप्ता, संघका सचिव माया पोख्रेल लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन संघका सदस्य मिनराज भाटले दिएका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव नरेश कार्कीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *