एक हजार कुखुराका चल्ला बरामद

Blog Post Ad Blog Post Ad Blog Post Ad

कपिलवस्तु । प्रहरीले कपिलवस्तुमा एक हजार कुखुराका चल्ला बरामद गरेको छ । भारतसँगको खुल्ला सिमानाका कारण अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरिएका कुखुराका चल्ला बरामद गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आईतबार साँझ ५ बजे तिर महाराजगञ्ज नगरपालिका वडा नं. ७ सतभारा गाँउ हुँदै भारतबाट नेपालतर्फ भन्सार छलि अवैध रुपमा २ वटा साईकलमा ल्याउँदै गरेको १० कार्टुन (१००० वटा, अमुल्य ४०,००० बराबर) बोईलर कुखुराको चल्ला प्रहरीले समातेको हो । प्रहरी चौकी कुशहवा बढनीबाट खटिएको प्रहरी टोलीलाई देखेपछि साईकल र कुखुराको चल्ला छाडेर तस्कर भारततर्फ फरार भएका छन् । साईकल र चल्लालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

नियन्त्रणमा लिइएका चल्ला स्थानीय व्यक्ति, जनप्रतिनिधी, समाजसेवीको रोहबरमा चौकीको कम्पाउण्डमा खाडल खनि गाडी नष्ट गरीएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *