विप्लव समूहले कब्जा गर्‍यो ६ रोपनी जग्गा

Blog Post Ad Blog Post Ad Blog Post Ad

सल्यान, २ भदौ ।  नेत्र बिक्रम चन्द ‘विप्लव’ समुहले सल्यानमा छत्रेश्वरी गाउँपालिका ६ लान्तीको जग्गा कब्जा गरेको छ । समुहले झन्डा र ब्यानर गाडेर  ६ रोपनी जग्गा कब्जा गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानीय दुर्गाबहादुर बुढाथोकीले भोगचलन गर्दै आएको जग्गा विप्लव समुहले कब्जा गरेको जनाइएको छ । सो जग्गा शनिबार रातिबाट आफ्नो कब्जामा रहेको विप्लव समुहले दावी गरेको छ ।

सशस्त्र द्वन्द्वकालमा तत्कालीन माओवादीले सल्यानमा कब्जा गरेका घरजग्गालाई विप्लव नेतृत्वको नेकपाले फेरि कब्जा गर्ने नेकपा सल्यानका सेक्रेटरी लोकपाल केसीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घटनाको प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । ब्यानर राखिएको जग्गा कसको नाममा छ त्यो एकिन हुन नसकेको प्रहरीको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *