सबैसँग दुश्मनी मोल्दै प्रतिष्ठान

नवीन अभिलाषी
दाङ, भदौ २ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्लाको सञ्चार माध्यम, पत्रकारदेखी प्रहरी प्रशासनसँग समेत दुश्मनी मोल्न सुरु गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र विस्तार गर्ने गहन जिम्मेवारी र काम, कर्तब्य, अधिकार प्राप्त गरेका प्रतिष्ठानका पदाधिकारीहरुले अहिले दाङको सञ्चार माध्यमदेखि प्रहरी र प्रशासनलाई समेत आरोप लगाउन थालेको छन् । धरासायी बन्दै गैरहेको अस्पताललाई सुधार गर्नुको साटो जिल्लाका विभिन्न निकायहरुलाई आरोप लगाउँदै प्रतिष्ठानले मन्त्रालयमा पत्र पठाउने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लेटरप्याडमा मिति २०७६ साउन ३१ गते प्रधानमन्त्री एवं प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारलाई पत्र लेख्दै प्रतिष्ठानले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सहयोग नगरेको उल्लेख गरेको छ । पत्रमा जिल्लाका अन्य सम्बन्धित निकायको रुपमा संकेत गर्दै राजनीतिक दलहरुलाई समेत सहयोग नगरेको आरोप लगाएको छ । प्रतिष्ठानको जिम्मेवारी सम्हाले लगत्तै दाङ आएर जिल्लाका सम्पुर्ण निकायहरुलाई बाईपास गरेर गतिविधि सुरु गरेकी प्रतिष्ठानको उपकुलपति डा. संगीता भण्डारी र रजिष्टारले अहिले पनि जिल्लाका सरोकारवाला निकाय सहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई समेत आरोप लगाउँदै प्रधानमन्त्रीलाई पत्र लेखेको पाइएको छ ।
प्रतिष्ठानका रजिस्टार रामप्रसाद प्याकुरेलले लेखेको पत्रमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले निहित राजनीतिक र व्यक्तिगत स्वार्थको कारण मौन बसेर सहयोग नगरेको आरोप लगाईएको छ, भने अन्य सम्बन्धित निकायहरुबाट समेत सहयोग नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई कुरा लगाएको छ ।
साझा स्वास्थ्य सेवाले औषधी विक्रि कक्ष खाली नगरेको सम्बन्धमा पत्र लेख्दै रजिष्टारले घर खाली गराईदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा सहयोगको लागि अनुरोध गर्दा निहित राजनीतिक र व्यक्तिगत स्वार्थको कारण प्रहरी प्रशासन मौन रहेको उल्लेख गरेको छ । साथै अर्को बुँदामा उपकुलपतिबाट भएको निर्देशन बारे जानकारी गराउँदा समेत साझा स्वास्थ्य सेवा र अन्य सम्बन्धित निकायबाट सहयोग नभएका कारण काम गर्न नसकेको उल्लेख गरेको छ । अन्य सम्बन्धित निकाय भन्ने शब्दावली प्रयोग गरी जिल्लाको राजनीतिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघले समेत सहयोग नगरेको उल्लेख गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल आमन्त्रित सदस्यको रुपमा सभामा उपस्थित भई प्रतिष्ठानको विकासका लागि छलफल समेत गरेर सहयोग गर्दै आउनु भएको छ भने जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली र घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी सभाको सदस्य समेत हुनुहुन्छ । उहाँहरुले पनि यो विचमा जग्गा खोज्ने, छनौट गर्ने देखि अस्पताल सुधारका लागि सुझाव दिदै आएको बताउनु हुन्छ ।
उपकुलपति डां संगीता भण्डारीसँग प्रतिष्ठानको विकासका लागि कुनै योजना नभएपछि काम गर्न नसक्ने तर जिल्लाका सञ्चार माध्यम र आफ्नै कर्मचारीहरु सँग लडेर समय गुजार्ने गर्दै आउनु भएको छ । करिव ४ महिना आफ्नै मातहतका कर्मचारीहरुसँग लड्दै आएकी डा. भण्डारी अहिले प्रतिष्ठानको क्षेत्रभित्र रहेर औषधी विक्रि वितरण गर्दै सर्वसाधारणलाई सहयोग गर्ने साझा स्वास्थ्य सेवाको औषधि विक्रि कक्षसँग लडाई चलिरहेको छ । साझा स्वास्थ्य केन्द्रको भवन अगाडि कहिले बालुवा त कहिले गिट्टी थुपारेर लाजमर्दो काम गर्दै आएको प्रतिष्ठानले त्यहि विषयमा प्रधानमन्त्रीलाई पत्र लेख्दै जिल्लाका अन्य निकायहरुलाई काम गर्न सहयोग नगरेको आरोप लगाएको छ ।
राप्ती उपक्षेत्रीय अस्पतालको समयमा प्रतिष्ठान परिसरमा रहेको घर बहालमा लिई साझा स्वास्थ्य सेवाले औषधी विक्रि कक्ष सञ्चालन गर्दै आएको छ । घरबहाल सम्झौता गत असारमै सकिएको छ । तर साझाले घर छोडेको छैन । नेपाल सरकारको नीति अनुसार प्रतिष्ठानको आफ्नै फार्मेसी हुनुपर्ने उल्लेख छ । २०७४ असोज २ गते सर्वोच्च अदालतले गरेको फैसला अनुसार राष्ट्रिय स्वास्थ्य नीति, अस्पताल फार्मेसी निर्देशिकाको आधारमा प्रतिष्ठानले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्छ । तर अहिले प्रतिष्ठानले सञ्चालन गरेको फार्मेसी मापदण्ड अनुसार छैन । अहिले पनि दैनिक अत्यावस्यक औषधीहरुको अभाव रहँदै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *