आत्महत्याको डर लाग्दो तथ्याङ्क

रीता लामा
गत साउन २३ गते तुलसीपुरको क्वाङ्गी भन्ने गाउँमा एक १२ बर्षिया बालिकाले विष सेवन गरी आत्म हत्या गरिन् । कक्षा ५मा पढ्दै गरेकी दिपिक्षा चौधरीले सल्फास नाम औषधी सेवन गरेकी थिइन् । उनले औषधी सेवन गरेको परिवारले थाहा पाए पछि राप्ती लाइफ अस्पतालमा उपचारको लागि ल्याएको केही समय भित्र डाक्टरले उनलाई मृत घोषणा गरिदिए ।
त्यसको तीन दिन अगाडी मात्रै तुलसीपुरका वडा नम्वर ९मा ३७ बर्षिय मिनबहादुर विकले बीष सेवन गरेर ज्यान फाले । सोही दिन वडा नम्वर १९की ५० बर्षिया कुमारी रोकाले पनि औषधी सेवन गरेर आत्म हत्या गरिन् । सोही दिन नै राजपुर गाउँपालिका ६ गंगदीकी २१ बर्षिया मिरा चौधरीले बीष सेवन गरीन् । उनलाई परिवारले उपचारको लागि नसिंङ् होम नेपालगञ्जामा लगेर । उपचार कै क्रममा उनको मृत्यु भयो ।
त्यसको केही दिन अघि पनि घोराहीमा एकै दिन दुई किशोरीले झुण्डिएर आत्म हत्या गरेको थिए । साउन महिनामा मात्रै दाङमा दर्जन बढीले आत्म हत्या गरेका छन् । केही महिना अघि घोराही नजिकैको जंगलमा एक जोडीले बीस सेवन गरेर आत्म हत्या गरेका थिए । पछिल्लो समय आत्म हत्या गर्नेको तथ्याङ्क निकै डर लाग्दो छ । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कलाई हेर्दा पनि अन्य घटना, दुर्घटनाको तुलनामा आत्महत्याको घटना निकै बढी छ ।
विगत एक बर्ष अर्थात आर्थिक बर्ष २०७५÷७६मा मात्रै दाङ २३८ जनाले आत्महत्या गरेका छन् । त्यसमा पनि झुण्डिएर १३२ले आत्महत्या गरेका छन् भने विष सेवन गरेर ७७ जनाले आफ्नो ज्यान आफै लिएका छन् । यसैगरी विभिन्न कारण देखाउदै २३ जनाले आत्म हत्या गरेका छन् भने ६ जनाले अरु कै दवावमा आत्महत्यासम्म पुगेका छन् । अर्थात आत्महत्या गर्ने बाध्यपार्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालयले कारवाहीको दायरामा ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वेलबहादुर पाण्डेले दिएको जानकारी अनुसार विगत एक बर्षमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दा मध्य आत्महत्या छन् । आत्महत्या गर्नेमा बालिकाले किशोरीको संख्या अत्यधिक छ । त्यसमा पनि गरिव परिवारका व्यक्तिहरु, व्यापारव्यवसायमा लागेकाहरु र एकल पुरुष वा एकल महिलाले आत्महत्या गरेको पाईएको छ ।
अत्महत्या पछि सबै भन्दा बढी मुद्दा जवरजस्ती करणीका रहेका छन् । जवरजस्ती करणी विरुद्ध दर्ता भएका ६२ मुद्दा मध्य एक वटा मुद्दामा प्रतिवादी नखुलेको र तीन वटा मुद्दामा प्रतिवादी फरार रहेको हुदाँ ५८ वटा मुद्दा फच्यौट भएको छ ।
प्रहरी कार्यालयको दिएको तथ्याङ्कमा मानववेचविखन र जवरजस्ती करणीमा एक जना र महिलालाई जवरजस्ती करणी उद्योगमा लाग्ने लगाउने २२ जना पनि कारवाहीको दायरामा आएका छन् ।
त्यसबाहेक कतव्र्य ज्यान सम्बन्धी १२ वटा मुद्दा छ भने सवारी ज्यानसम्बन्धी मुद्दा लागेका ५८ रहेका छन् । यस्तै भवितव्यबाट ज्यानजाने ९७, विभिन्न किसिमकाले ज्यान गुमाउने ४५ र वेवारीसे ४ वटा शव फेला परेको छ ।
आर्थिक बर्ष २०७५÷७६मा मात्रै ७७ जनाले बिष सेवन गरेर आत्म हत्या गरेका छन् भने १३२ जनाले झुण्डीएर आत्म हत्या गरेका छन् । भने आत्म हत्याको दुस्साहस गर्ने ६ जना रहेका छन् ।
चोरी डकैतीमा ७१, बोक्सीको आरोपमा ३, अहरण तथा शरीर बन्धकमा ४, ठगीमा १३, बालविवाह ८, बहुविवाह २८ लगायतका मुद्दाहरु रहेका छन् । गत आर्थिक बर्षमा नयाँ मानिएका बैकिङ कसुरमा ११, सार्वजनिक नैतिकता विरुद्ध काम गर्ने ३४, सार्वजनिक शान्ती सुरक्षा विरुद्ध काम गर्ने ९६ र वाल यौन दुराचारको काम गर्ने ८ जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङमा एक बर्षमा ९७६ मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दिएको जानकारी अनुसार दर्ता भएको मुद्दा मध्य ७०६ वटा फच्यौट भैसकेको छ र २४५ प्रक्रियामा रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *